काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायी सरकार पक्षको नहुने बताएका छन्।
उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले व्यवसायी सरकारको पक्ष वा प्रतिपक्षको नहुने बताएका हुन्।
उनले भने, “सरकारका लागि व्यवसायी आफ्नो पक्ष र अर्काको पक्षमा भन्ने हुँदैन। उनीहरू राष्ट्रका साझा सम्पत्ति हुन्।”
प्रधानमन्त्रीले सबै व्यवसायीले सरकारलाई कर तिर्ने र रोजगारी सिर्जना गर्ने भएकाले सरकार वा प्रतिपक्षको नभई राष्ट्रको हुने बताए।
सोहीकारण, एउटा व्यवसायीलाई मात्र नभई सबै उद्योगी व्यवसायीलाई सुरक्षा प्रदान गर्ने प्रधानमन्त्रीको भनाइ थियो।
महासंघको आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका चन्द्रप्रसाद ढकाललाई सरकार पक्षको भएको चर्चाका बीच प्रधानमन्त्रीको यस्तो धारणा आएको हो।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायी सरकार पक्षको नहुने बताएका छन्।उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले व्यवसायी सरकारको पक्ष वा प्रतिपक्षको नहुने बताएका हुन्।

">