काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई उकास्न सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्। उनले आज नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभाको ‘भर्चुअल’ माध्यमबाट उदघाटन गर्दै सबैको साझा प्रयासबाट अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउन सम्भव रहेको बताएका छन्। प्रस्तुत छ, प्रधानमन्त्री ओलीले साधारणसभा उद्घाटनका क्रममा दिएको मन्तव्यको सम्पादित अंश:
महामारीको कारणले अर्थतन्त्रमा परेको प्रभावलाई कसरी छुटाउने र त्यसबाट कसरी रिकभर गर्ने भन्ने विषयमा केन्द्रित हुनुपरेको छ।
अर्थतन्त्रलाई पहिले जुन गति दिन खोजेका थियौं, त्यस गतिमा फेरि कसरी फर्काउने र अगाडि बढाउने भन्ने प्रश्न अगाडि आएका छन्।
मैले विश्वास लिएको छु। महासंघको यस साधारणसभाले कोभिड-१९ ले अर्थतन्त्रमा परेको प्रभावका बारेमा गहन छलफल गरेर निश्कर्ष निकाल्ने छ। उक्त निश्कर्ष सरकारलाई प्रदान गर्ने छ र सरकारलाई त्यही अनुसार योजनाहरू बनाउन सहज हुने छ।
सरकारका विभिन्न तह र व्यवसायीहरूको विभिन्न तहको संयुक्त प्रयासबाट मात्र महामारीसँग जुध्न सकेर पार पाउने छौं।
एउटा खुसीको कुरा आएको छ। कोभिड-१९ को भ्याक्सिन धेरै देशले पत्ता लगएका छन्। र, त्यो भ्याक्सिनले मानव जातिलाई यस महामारीबाट मुक्त गराउने छ।
कोभिड-१९ ले हामीलाई राम्रो पाठ सिकाएको छ। संक्रमणबाट जोगिन सजिलो छैन।
आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै गर्दा पनि संक्रमण रोकिएको छैन। जे होस् यसका विरूद्ध हामी साझा रूपमा लड्न आवश्यक छ।
नेपाल सरकारले आफ्नो गच्छेभन्दा एक कदम अगाडि बढेर उद्योगी व्यवसायीलाई सहयोग गर्न सहयोगको हात बढाउने छ। तर, त्यो पनि सीमितमात्रै हुने छ। हामीले साझा प्रयासमार्फत हाम्रो अर्थतन्त्रलाई अगाडि बढाउनुपर्छ र बढाउन सक्छौं। विभिन्न प्रकोप र महामारीलाई पछाडि छाडेर अगाडि बढेजस्तै यसपटक पनि कोभिड-१९ को महामारीलाई पछाडि छाडेर हामी अगाडि बढ्ने छौं।
महामारीले अर्थतन्त्रलाई पारेको असरलाई कम गरेर फेरि माथि उठाउनु छ।
गत आर्थिक वर्षमा ८.५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका थियौं। तर, हामी लगभग शून्यको स्थितिमा पुग्यौं।
तर पनि विश्वका सबै देश ठूलो आर्थिक नोक्सानीमा पुगेको छ। त्यसलाई हेरेर नेपालको मात्रै नभई विश्वभरको अर्थतन्त्र ध्वस्त भएको भनेर सन्तुष्ट हुनुपर्छ।
धनी मुलुकहरूले धेरै बचत गरेर राखेका थिए। तर, हामीसँग बचत गर्न सक्ने स्थिति छैन। त्यसैले हामीलाई बढी समस्या पर्छ।
धेरै देशले व्यवसायको पुनर्उत्थानका लागि ठूलो रकम दिइराखेको छ, नेपालले किन दिँदैन भन्ने व्यवसायीहरूलाई लाग्न सक्छ।
नेपाल सरकारलाई पनि दिने मन नभएको हैन। तर, हाम्रो गच्छेअनुसार सरकारले दिइरहेको छ। नदिएको हैन।
नेपाल सरकारले आफ्नो गच्छेभन्दा एक कदम अगाडि बढेर उद्योगी व्यवसायीलाई सहयोग गर्न सहयोगको हात बढाउने छ।
तर, त्यो पनि सीमितमात्रै हुने छ। हामीले साझा प्रयासमार्फत हाम्रो अर्थतन्त्रलाई अगाडि बढाउनुपर्छ र बढाउन सक्छौं।
विभिन्न प्रकोप र महामारीलाई पछाडि छाडेर अगाडि बढेजस्तै यसपटक पनि कोभिड-१९ को महामारीलाई पछाडि छाडेर हामी अगाडि बढ्ने छौं।
यस सन्दर्भमा देशको अर्थतन्त्रलाई माथि उठाउन निजी क्षेत्रले खेलेको भूमिका प्रसंशायोग्य छ।
अध्यक्षलगायत योगदान गर्ने साथीहरूको पशंसा गर्न चाहन्छु। उद्योग धन्दाहरूलाई सरकारले भन्दा बढी निजी क्षेत्रले अगाडि बढाएको छ।
सरकारले भन्दा निजी क्षेत्रले ‘इनोभेटिभ’ काम गरेको छ। नयाँ-नयाँ उद्योग व्यवसाय र कारोबारका क्षेत्र पत्ता लगाउने काम पनि निजी क्षेत्रले गरेको छ।
अहिले पनि युवाहरू ‘स्टार्टअप’ कम्पनीमा सहभागिता, उत्सुकता र तत्परता उत्साहजनक छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई उकास्न सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्। उनले आज नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभाको ‘भर्चुअल’ माध्यमबाट उदघाटन गर्दै सबैको साझा प्रयासबाट अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउन सम्भव रहेको बताएका छन्। प्रस्तुत छ, प्रधानमन्त्री ओलीले साधारणसभा उद्घाटनका क्रममा दिएको मन्तव्यको सम्पादित अंश:महामारीको कारणले अर्थतन्त्रमा परेको प्रभावलाई कसरी छुटाउने र त्यसबाट कसरी रिकभर गर्ने भन्ने विषयमा केन्द्रित हुनुपरेको छ।

">