काठमाडौं। उद्योग व्यवसायमा व्यस्त देशभरका उद्योगी/व्यवसायी यतिबेला चुनावी रस्साकस्सीमा व्यस्त छन्।

उद्योगी/व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध व्यवसायीलाई अहिले चुनाव लागेको छ। चुनावी माहौल अन्तिम अवस्थामा आइपुग्दा महासंघमा आवद्ध देशभरका सम्पूर्ण व्यवसायी अहिले दुई कित्तामा प्रष्टसँग उभिएका छन्।

अर्को कार्यकालमा स्वत: अध्यक्ष हुने भएकाले महत्वपूर्ण रहेको पद वरिष्ठ उपाध्यक्षका उम्मेद्वारहरू प्यानलसहित चुनावी मैदानमा होमिएपछि व्यवसायीहरू पनि स्वभाविकरूपमा दुई कित्तामा बाढिएका हुन्। अपवादबाहेक अन्य सबै व्यवसायी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारहरू चन्द्र ढकाल र किशोर प्रधानको प्यानलमा खुलेरै लागेका छन्।

संघीय राजधानी काठमाडौंमा भइरहेको ५४औं वार्षिक साधारण सभाका लागि व्यवसायीबीच धेरै रस्साकसी भएको थियो। यसबीचमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान हटाउने विषयमा गरमागरम बहस भयो। त्यो प्रावधान कायम रहे पनि व्यवसायीबीच अघिल्लो निर्वाचनमा बनेका समीकरण भने फेरिएर नयाँ गठबन्धन बन्यो।

गत वर्षको चैतमै हुनुपर्ने साधारण सभा कोरोना भाइरस संक्रमणको महामारीका कारण आठ महिनापछि अहिले भइरहेको हो।

विधान संशोधनको रस्साकस्सी

५४औं साधारण सभाअघि महासंघमा विधान संशोधनको विषय सबैभन्दा पेचिलो बनेको थियो।

२०७३ को चुनावअघि तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणालाई अध्यक्ष बनाउन वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो।

सोहीअनुसार उक्त चुनावबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनेवित्तिकै ‘वेइटिङ प्रेसिडेन्ट’ (भावी अध्यक्ष) को हैसियतमा रहेका शेखर गोल्छाले जारी साधारणसभा सम्पन्न भएसँगै महासंघको नेतृत्व सम्हाल्नेछन्।

तर, विधानअनुसार शेखर गोल्छा स्वत: अध्यक्ष बन्ने समय नजिकिँदै जाँदा स्वतः अध्यक्ष बन्ने प्रावधान हटाउन चलखेल सुरू भएको थियो। पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालको नेतृत्वमा गोल्छालाई अध्यक्ष बन्नबाट रोक्न विधान संशोधन गर्न खोजिएको थियो।

फलस्वरुप ढकाल नेतृत्वको समूह र निर्वतमान अध्यक्ष पशुपति मुरारकाको समर्थन रहेको ‘भावी अध्यक्ष’ शेखर गोल्छाको समूह आमने-सामने भए।

ढकाल समूह गोल्छालाई अध्यक्ष बन्नबाट रोक्न तथा मुरारका समूह गोल्छालाई अध्यक्ष बनाउन जस्तोसुकै मूल्य चुकाउन तयार भएपछि लामो समय महासंघमा विधान संशोधनको प्रयासले ठूलो विवादको रूप लियो। अन्ततः विधान संशोधनको प्रयास असफल भएपछि गोल्छा महासंघको १९औं अध्यक्ष बन्दै छन्।

८ महिनापछि साधारण सभा

विधान संशोधनको प्रयास असफल भएपछि कार्यसमितिले गत वर्ष चैतको निर्धारित समयमै ५४औं साधारण सभा गर्ने घोषणा गरेको थियो।

तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चैत ११ देखि देशव्यापी लकडाउन गरेपछि साधारण सभा हुन सकेन।

त्यसपछि साउनको अन्तिम साताका लागि साधारण सभाको मिति तोकियो। दोस्रोपटक तोकिएको मितिमा निर्वाचन रोक्न शेखर गोल्छा समूहले तीव्र लबिङ गर्‍यो र अन्ततः चुनावी साधारण सभा रोकियो।

गोल्छा समूहले कोरोनाको संक्रमण तथा त्यसको जोखिम बढ्दै गएको भन्दै साधारणसभा रोक्न लबिङ गरेको थियो। गोल्छाको लबिङका कारण दोस्रो पटकलाई रोकिएको चुनाव तेस्रो पटकका लागि तोकिएको मितिमा अहिले काठमाडौंमा भइरहेको छ।

तर, गोल्छाको समर्थन रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानको अवस्था त्यतिबेला कमजोर भएको ठानेर गोल्छाले त्यस्तो प्रयास गरेको व्यावसायीहरू बताउँछन्।

“कोरोना संक्रमणकै कारण भए अहिले त्यो बेलाभन्दा संक्रमण धेरै गुणा बढेको छ। केही समय चुनाव रोक्न पाए आफ्ना उम्मेदवारलाई जिताउन सकिन्छ की भन्ने लागेका कारण शेखर जीले त्यस्तो गर्नुभएको हो,” ढकाल पक्षका एक व्यावसायीले भने, “अहिले पनि उहाँले सोचेजस्तो केही हुने वाला छैन।”

संस्थापन भर्सेस चन्द्र ढकाल

यसपटकको निर्वाचनमा चन्द्र ढकाल एक्लै महासंघको संस्थापनसँग भिडिरहेका छन्।

निर्वतमान अध्यक्ष, वर्तमान अध्यक्ष र भावी अध्यक्षका कारण वरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधान समूहले संस्थापनको साथ खुलेरै पाइरहेको छ।

अर्का उम्मेद्वार ढकाललाई भने पूर्वअध्यक्ष चण्डीराज ढकाल र सुरज वैद्यको मात्रै साथ छ। यी, बाहेक अधिकांश पूर्वअध्यक्षहरूले पनि प्रधानलाई नै साथ दिएका छन्। त्यसैले ढकालका लागि यसपटकको चुनाव प्रधान भन्दा पनि महासंघको सिंगो संस्थापनसँगको जस्तो भइरहेको छ।

१२३ जनाको उम्मेद्वारी

महासंघको निर्वाचनमा देशभरका १२३ जना व्यवसायीले विभिन्न पदमा उम्मेद्वारी दिएका छन्।

वरिष्ठ उपाध्यक्षसहित कुल ६४ पदमा हुने निर्वाचनमा दुई समूहमा विभाजित हुँदै उनीहरुले आफ्नो उम्मेद्वारी दिएका हुन्।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्षको पदमा चारजना, जिल्ला/नगरमा १८ जना र सात प्रदेशमा एक-एक जना गरी सात तथा संस्थापक सदस्यतर्फ एकजना निर्वाचित हुनेछन्। यसैगरी, वस्तुगत संघमा १४, एसोसिएटमा १९ जना र द्विराष्ट्रिय संघमा एकजना निर्वाचित हुनेछन्।

महासंघको निर्वाचन समितिका अनुसार हालसम्म प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्।

१११६ मतदाता, सबैभन्दा बढी एसोसिएट

६४ पदमा भिड्न लागेका १२३ उम्मेद्वारलाई कुल १११६ मतदाताले मत दिने छन्।

महासंघको निर्वाचनमा जिल्ला/नगर (जिल्ला उद्योग वाणिज्य संघ), वस्तुगत (वस्तुगत उद्योग वाणिज्य संघ), एसोसिएट (विभिन्न कम्पनी तथा व्यवसायीक फर्म) द्विराष्ट्रिय र संस्थापक मतदाता छन्।

यीमध्ये सबैभन्दा बढी ९०४ जना एसोसिएट मतदाताले निर्वाचनमा मत खसाल्न पाउँछन्। एसोसिएटपछि सबैभन्दा बढी जिल्ला/नगर १०५, वस्तुगत १०१, द्विराष्ट्रियमा ६ मतदाता छन्।

" /> काठमाडौं। उद्योग व्यवसायमा व्यस्त देशभरका उद्योगी/व्यवसायी यतिबेला चुनावी रस्साकस्सीमा व्यस्त छन्।

"> दुई समूहमा बाँडिएर २०औं नेतृत्वको खोजीमा व्यवसायी: Dekhapadhi
दुई समूहमा बाँडिएर २०औं नेतृत्वको खोजीमा व्यवसायी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्