काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचन आज काठमाडौंमा हुँदैछ।
दिनभर चल्ने मतदान उपत्यकाका कार्की ब्याङ्केट (माइतीघर), महासंघको कार्यालय (टेकु) र प्रज्ञा प्रतिष्ठान (कमलादी) गरी तीन ठाउँमा हुने महासंघको निर्वाचन समितिले जानकारी दिएको छ।
उद्योगी व्यवसायीहरुको निर्वाचन निर्धारित समयभन्दा झण्डै ९ महिना ढिलो गरी भइरहेकाे हाे। आज बिहान ८ बजेदेखि तोकिएको तीन स्थानमा मतदान हुँदैछ।
खासगरी, निर्धारित समयअनुसार गत वर्षको चैतको अन्तिम सातामा साधारण सभा र निर्वाचन सम्पन्न भइसक्नुपर्ने थियो।
तर, कोभिड-१९ लगायतका कारणले दुईपटक पछाडि धकेलिँदै मंसिरमा आइपुगेको हो।
मंसिर ११ देखि सुरु भई दुई दिनसम्म चलेको ५४औं वार्षिक साधारण सभा मंसिर १२ गतेको बन्द सत्र सकेर सम्पन्न भएपछि निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको थियो।
निर्वाचनमा दुई समूहमा बाँडिएर देशभरका १२३ उद्योगी व्यवसायीले उम्मेदवारी दिएका छन्।
यस्तै, एक हजार ११६ मतदाता पनि दुई समूहमै बाँडिएर निर्वाचनमा सहभागी भइरहेका छन्।
दुई समूह प्रतिस्पर्धामा
आज दिनभर चल्ने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा छन्।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र किशाेरकुमार प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
ढकालको समूहबाट गुणनीधि तिवारीले जिल्ला/नगर, उमेशलाल श्रेष्ठले वस्तुगत र रामचन्द्र संघाईले एशोसिएट उपाध्यक्षतर्फ उम्मेदवारी दिएका छन्।
ढकाल प्यानलका दुईजना भने निर्वाचनअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
यस्तै अर्का प्रतिस्पर्धी प्रधानको समूहबाट दिनेश श्रेष्ठले जिल्ला/नगर, अन्जान श्रेष्ठले वस्तुगत र सौरभ ज्योतीले एसोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
प्रधानलाई संस्थापनको साथ
वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशाेरकुमार प्रधानलाई महासंघको संस्थापनले खुलेरै साथ दिएको छ।
निवर्तमान, वर्तमान र भावी अध्यक्षले खुलेरै प्रधान आफ्नो समूहको उम्मेदवार भनिरहेका छन्।
भावी अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारका आफ्नो समूहको उम्मेदवारहरूलाई चुनाव जिताउन भन्दै चुनावी अभियानमा देश दौडाहा नै निक्लिएका थिए।
संस्थापनको साथ पाएपछि आफूले चुनाव जित्ने आधार बनिसकेको प्रधान बताउँछन्।
यद्यपि अर्का उम्मेदवार चन्द्र ढकालमा संस्थापनको साथ नपाए पनि चुनाव जितेर भावी अध्यक्ष बनेरै छाड्ने मनस्थितिमा छन्।
" /> काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचन आज काठमाडौंमा हुँदैछ।दिनभर चल्ने मतदान उपत्यकाका कार्की ब्याङ्केट (माइतीघर), महासंघको कार्यालय (टेकु) र प्रज्ञा प्रतिष्ठान (कमलादी) गरी तीन ठाउँमा हुने महासंघको निर्वाचन समितिले जानकारी दिएको छ।

">