रेड्मीको पहिलो स्मार्टवाचमा के-के सुविधा छन् ?

काठमाडौं। चिनिया स्मार्टफोन कम्पनी शाओमीको मातहतमा रहेको रेड्मी ब्रान्डले पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ। रेड्मीले यो नयाँ स्मार्टवाचलाई रेड्डी नोट ९ फाइभजी रिरिजको साथमा लञ्च गरेको हो।

रेड्मी स्मार्टवाचको डायलको आकार स्क्वायर शेपमा बनाइएको छ भने यसमा विभिन्न फिटनेस फिचर पनि दिइएको छ। बजेट श्रेणीको यो स्मार्टवाचमा एएफसीको पनि सपोर्ट दिइएको छ।

यो रेड्मीवाचमा १.४ इञ्चको डिस्प्लेमा अटो ब्राइटनेसको सुविधा पनि दिइएको छ। साथै विभिन्न किसिमका प्रि-इन्स्टल्ड फिटनेस मोड्स पनि दिइएको छ। यो वाचमा मुटुको धड्कन नाप्ने (हार्ट रेट) मोनिटर पनि दिइएको छ।

रेड्मी स्मार्टको फिचर्सका कुरा गर्दा सात स्पोर्ट्स मोड छन्। यसमा रनिङ, साइक्लिङ र इन्डोर स्विमिङ पनि समावेश गरिएको छ। यसमा दिइएको हार्ट रेट मोनिटरले २४ घण्टा नै हार्ट रेट मोनिटर गर्ने र ३० दिनमा त्यसको रिपोर्ट पनि दिने कम्पनीले बताएको छ।

रेड्मी वाचमा स्लिप मोनिटर पनि दिइएको छ। साथै, यसले प्रयोगकर्तालाई श्वास फेर्ने एक्सरसाइज गर्न पनि सल्लाह दिनेछ। तर, यो स्मार्टवाचमा इसिजी र अक्सिजन लेभल मापन गर्ने सुविधा भने राखिएको छैन।

रेड्मी वाचले ७ दिनसम्म ब्याट्री ब्याकप दिने कम्पनीले दाबी गरेको छ। यदि प्रयोगकर्ताले केही हदसम्म कम प्रयोग गरेको खण्डमा १२ दिनसम्म ब्याट्री ब्याकअप बढ्न सक्ने कम्पनीले बताएको छ।

यसमा २३० एमएएचको ब्याट्री दिइएको छ, जुन फुलचार्ज हुनका लागि २ घण्टा मात्रै समय लाग्छ। यसको मूल्य २९९ युआन राखिएको छ।

प्रतिक्रिया दिनुहोस्