उद्याेग वाणिज्य महासंघको विशिष्ट सदस्यमा मुरारका

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको विशिष्ट सदस्यमा पूर्व अध्यक्ष पशुपति मुरारका नियुक्त भएका छन्।

महासंघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले मुरारकालाई विशिष्ट सदस्यमा नियुक्त गरेको हो।

वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेपछि शेखर गोल्छाले मुरारकालाई यसअघिका विशिष्ट सदस्य चण्डीराज ढकालको स्थानमा नियुक्त गरेका हुन्।

ढकाललाई निवर्तमान अध्यक्ष भवाणी राणाले उक्त पदमा नियुक्त गरेकी थिइन्।

मर्यादा क्रममा अध्यक्ष गोल्छापछि, निवर्तमान अध्यक्ष राणा हुनेछिन्।

राणापछि तेस्रो स्थानमा मुरारका हुनेछन् र वरिष्ठ उपाध्यक्षमा ढकाल चौथो क्रममा रहनेछन्।

प्रतिक्रिया दिनुहोस्