काठमाडौं। तपाईंको पूरा जीवन नै तपाईंको हातमा भएको एउटा स्मार्टफोनमा कैद छ।
निजी इमेलदेखि गोप्य म्यासेज, जीवनका अत्यन्तै मूल्यवान् समयको फोटो र भिडिओ पनि त्यसैमा सुरक्षित छन्। तर, के आफ्नो स्मार्टफोनमा भएका ती महत्त्वपूर्ण सामग्रीको सुरक्षा सुनिश्चित गर्नका लागि तपाईंले जे गर्न सक्नुहुन्छ, ती सबै प्रयास गर्नुभएको छ ?
तपाईंको स्मार्टफोनको गोपनीयताको कुरा गर्दा दुई पक्षबाट हेर्न सकिन्छ- एक त्यहाँ सञ्चित डाटाहरूको सुरक्षा। र, दोस्रो वरिपरि भएका अन्य मानिसको पहुँचबाट सुरक्षा। के तपाईं यी पक्षमा ढुक्क हुनुहुन्छ ? यदि हुनुहुन्न भने यी टिप्स हेर्नुहोस्।
मौलिक अधिकारको प्रयोग गर्नु नै आफ्नो स्मार्टफोनको सुरक्षा सुनिश्चित गर्नका लागि पहिलो कदम हो। आफ्नो मोबाइलमा भएका मूल्यवान् डेटाहरूमा अन्य मानिसको पहुँच रोक्नका लागि स्क्रिनमा पिनकोड तथा पासवर्डको प्रयोग हो।
यदि कसैले तपाईंको फोनको पहिलो गेट- स्क्रिन लक पार गरे पनि कुनै एप नखोलेसम्म गोप्य जानकारी पाउने सम्भावना न्यून हुन्छ।
तपाईंको मोबाइलको स्क्रिन लकमा पासवर्ड लक भए पनि म्यासेजमा लेखिएको कुरा बाहिरैबाट पढ्न सकिन्छ। कति हदसम्म नोटिफिकेसनको पनि कन्टेन्ट पढ्न सकिन्छ। यसका लागि सबैखाले नोटिफिकेसनको कन्टेन्ट हाइड गरेर आफ्नो गोप्य जानकारीको सुरक्षा चुस्त बनाउन सकिन्छ।
हामीले आवश्यकताअनुसार विभिन्न मोबाइल एपहरू डाउनलोड गरेका हुन्छौं। तर, के ती सबै एपहरू सुरक्षित छन् भन्नेमा हामी विश्वस्त छौं ? पक्कै छैनौं। त्यसैले कुनै एपको प्रयोग गर्दा त्यसको बारेमा आवश्यक जानकारी लिनु पनि आफूलाई सतर्क बनाउनु हो। किनभने कतिपय एपहरूले तपाईंको कार्य ट्रयाक गर्न सक्छन्। जसबाट अति महत्त्वपूर्ण डेटा लिक हुन सक्छ।
यी सामान्य टिप्सको सहयोगबाट पनि धेरै हलसम्म आफ्नो मोबाइलमा कैद डेटाहरू सुरक्षित राख्न सकिन्छ।
" /> काठमाडौं। तपाईंको पूरा जीवन नै तपाईंको हातमा भएको एउटा स्मार्टफोनमा कैद छ।निजी इमेलदेखि गोप्य म्यासेज, जीवनका अत्यन्तै मूल्यवान् समयको फोटो र भिडिओ पनि त्यसैमा सुरक्षित छन्। तर, के आफ्नो स्मार्टफोनमा भएका ती महत्त्वपूर्ण सामग्रीको सुरक्षा सुनिश्चित गर्नका लागि तपाईंले जे गर्न सक्नुहुन्छ, ती सबै प्रयास गर्नुभएको छ ?

">