नेप्से परिसूचकले बनायो दुई हजार अंकको कीर्तिमान

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई हजार अंकभन्दा माथि पुगेर फर्किएको छ।

साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकले दुई हजार २८ अंक कायम गरेर फेरि ओर्लिएको हो।

यो अंक सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो।

कारोबार सुरु भएलगत्तै उकालो लागेर उक्त कीर्तिमान कायम गरेको नेप्से अहिले १ बजेसम्मको अवधिमा भने ४ अकं बढेको छ।

अहिलेसम्म चार अर्ब ९० करोड रूपैयाँको कारोबार भइसकेको छ।