काठमाडौं। यदि तपाईंलाई कसैले सन् २०२० मा संसारभर अधिक प्रयोग गरिएको शब्द कुन हो भनी सोध्यो भने जवाफ के दिनुहुन्छ ?
मेर्रियम-वेब्स्टरले ‘प्यान्डेमिक’ यो साल सबैभन्दा बढी चलेको शब्द बताएको छ। प्यान्डेमिक शब्दलाई ‘मेर्रियम–वेब्स्टर्स वर्ड अफ दि इयर २०२०’ घोषित गरिएको छ।
मेर्रियम-वेब्स्टरका सम्पादक पिटर सोकोलोभ्स्कीले एसोसिएटेड प्रेससँग भने, ‘‘सायद यो कुनै ठूलो आश्चर्यचाहिँ होइन। ठूल्ठूला खबरमा कुनै प्राविधिक शब्द हुने गर्छ, जुन समयसँगै जोडिएको हुन्छ।
यो मामिलामा प्यान्डेमिक शब्द त प्राविधिक मात्र नभएर सामान्य शब्द बन्दै गएको छ। यो सम्भवतः त्यो शब्द हो, जसका माध्यमबाट भविष्यमा यो समयको उल्लेख र चर्चा हुने छ।’’
प्यान्डेमिक शब्द मार्चदेखि विश्वभर व्यापक ढंगमा प्रयोग हुन थाल्यो। जब कोरोना भाइरसको प्रकोपले संसार हल्लाउन थाल्यो तब यसलाई महामारी घोषित गरियो।
जनवरीको सुरूआतमा नै क्रुज जहाजमा यो प्रकोप फैलिन थालेको र पहिलो अमेरिकी नागरिकको मृत्यु भएपछि नै मेर्रियम-वेब्स्टर डटकममा यो शब्द चलाउन थालिएको थियो।
विश्व स्वास्थ्य संगठनले मार्च ११ का दिन नोबल कोरोना भाइरसको प्रकोपलाई महामारी घोषित गरेपछि यो साइटमा उक्त शब्दको खोजी निकै हुन थालेको थियो।
मेर्रियम-वेब्स्टर साइटमा यो वर्ष प्यान्डेमिक शब्द अधिक खोजिएको सम्पादक सोकोलोभ्स्कीले बताए। मेर्रियम-वेब्स्टरले यो वर्ष बढी चलेको अन्य केही शब्द पनि उल्लेख गरेको छ।
" /> काठमाडौं। यदि तपाईंलाई कसैले सन् २०२० मा संसारभर अधिक प्रयोग गरिएको शब्द कुन हो भनी सोध्यो भने जवाफ के दिनुहुन्छ ?मेर्रियम-वेब्स्टरले ‘प्यान्डेमिक’ यो साल सबैभन्दा बढी चलेको शब्द बताएको छ। प्यान्डेमिक शब्दलाई ‘मेर्रियम–वेब्स्टर्स वर्ड अफ दि इयर २०२०’ घोषित गरिएको छ।

">