काठमाडौं। बाजेको सेकुवाले काठमाडौंको बाफलमा आफ्नो १३औं शाखा सञ्चालनमा ल्याएको छ।
२५ जना युवालाई रोजगारी दिनेगरी कम्पनीको फ्रेन्चाइजका रूपमा १३औं शाखा खुलेको हो।
बाजेको सेकुवा रेस्टुरेन्ट उपत्यकाको सिनामंगलबाट चार दशकअघि सुरू भएको थियो।
हाल कम्पनीको उपत्यकाबाहिर उपत्यकाभित्र नौ वटा, अमेरिकामा दुई र उपत्यकाबाहिर दुई वटा आउटलेट सञ्चालनमा छन्।
कम्पनीले बाफलमा सञ्चालनमा आउटलेटका लागि रामशण डंगोल, प्रशान्त गिरी र पविन थापा लगायतलाई फ्रेञ्चाइज दिएको हो।
पछिल्लो समय कम्पनीले मुख्य व्यापारिक सहरमा बढ्दो उपभोग र बजार मागलाई लक्षित गरी फ्रेञ्चाइज मोडलमा रेस्टुरेन्ट सञ्जाल विस्तारलाई अगाडि बढाइरहेको छ।
नेपालगञ्ज, वीरगञ्ज, धनगढी, बिर्तामोड, हेटौंडा, बनेपा र धुलिखेलमा पनि आफ्नो शाखा विस्तार गर्ने लक्ष्य कम्पनीको छ।
यस्तै, अमेरिका, अस्ट्रेलिया, जापान, मलेसिया र बेलायतमा आगामी केही वर्षभित्र रेस्टुरेन्ट सञ्जाल विस्तार गरिसक्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ।
हाल उपत्यकाबाहिर पोखरा र बुटवलमा फ्रेञ्चाइज मोडलमा रेस्टुरेन्ट सञ्चालन भइरहेको छ भने अमेरिकाको न्यूयोर्क र डालासमा पनि बाजेको सेकुवाको फ्रेञ्चाइज सञ्चालनमा छन्।
" /> काठमाडौं। बाजेको सेकुवाले काठमाडौंको बाफलमा आफ्नो १३औं शाखा सञ्चालनमा ल्याएको छ।२५ जना युवालाई रोजगारी दिनेगरी कम्पनीको फ्रेन्चाइजका रूपमा १३औं शाखा खुलेको हो।

">