काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरका एयरपोर्टकाे रुपमा विकास गर्ने बताएका छन्।
आज नेपालगञ्ज बिमानस्थलमा एटीआर ७२ स्तरका थप ६ वटा जहाज पार्किङ गर्न सकिने गरी निर्माण सम्पन्न भएकाे एप्राेनकाे उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालगञ्ज एक अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र भएकाेले विमानस्थललाई अन्तर्राष्ट्रियस्तरकाे बनाउनुपर्ने बताएका हुन्।
मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थलकाे गुरुयाेजना मन्त्रिपरिषदबाट पास हुने क्रममा रहेकाे जानकारी दिए। उक्त विमानस्थलकाे क्षमता विस्तारमा प्रधानमन्त्रीकाेसमेत चासाे रहेकाे उनले बताए।
मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थलकाे रनवे विस्तार तथा टर्मिनल भवन नयाँ बनाउने बताउँदै रनवेकाे लागि थप जग्गा अधिग्रहण गरिनेसमेत बताए। उनले रनवे १८ सय मिटर भएमा एयर बस ३२० अवतरण गर्न सक्ने जानकारी दिँदै जग्गा थप गरेर भए पनि रनवे विस्तार गर्ने प्रतिबद्धता जनाए।
मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थलले विकास दिल खाेलेर गर्ने बताउँदै विमानस्थल विस्तारमा साझेदारीकाे माेडललाई आत्मसात गरिने जनाए। उनले एयरपोर्ट नेपालगञ्ज एयरपोर्ट विस्तारकाे काममा नगरप्रमुखलाई साझेदारी गर्न आग्रहसमेत गरे। उनले सुर्खेत, विराटनगर र महेन्द्रनगर एयरपोर्टमा प्रदेश र स्थानीय सरकारसँग साझेदारीमा काम अगाडि बढाइएकाे जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पाेखरेलले विमानस्थल पूर्वाधारमा सहकार्य नीति अवलम्बन गरेकाे बताए। हाल नेपालगञ्ज एयरपोर्ट लम्बाई १५ सयबाट बढाएर १७ सय पाँच पुर्याएकाे छ।
" /> काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरका एयरपोर्टकाे रुपमा विकास गर्ने बताएका छन्।आज नेपालगञ्ज बिमानस्थलमा एटीआर ७२ स्तरका थप ६ वटा जहाज पार्किङ गर्न सकिने गरी निर्माण सम्पन्न भएकाे एप्राेनकाे उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालगञ्ज एक अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र भएकाेले विमानस्थललाई अन्तर्राष्ट्रियस्तरकाे बनाउनुपर्ने बताएका हुन्।

">