काठमाडौं। विश्वव्यापी कोरोना महामारीपछि सञ्चालन आएर लय समातेको प्याराग्लाइडिङ व्यवसायको आकर्षण पुनः घटेको छ।
महामारीका कारण ठप्प भएकाले मूल्य घटाएपछि पुरानै लय समातेको प्याराग्लाइडिङ व्यवसाय फेरि समस्यामा परेको हो।
हवाई खेलकुद संस्थाका अनुसार मङ्सिर ८ गते दुर्घटनामा परेर पाइलटको मृत्यु र प्यासेन्जर घाइते भएपछि पोखरामा प्याराग्लाइडिङ गर्ने घटेका छन्।
प्यासेन्जरलाई खुसी बनाउन पाइलटले ‘फ्लावर क्याच’ स्टन्ट देखाउँदा सन्तुलन बिग्रेर दुर्घटना भएको थियो। दुर्घटनामा परेर पाइलट राज नेपालीको घटनास्थलमै मृत्यु हुँदा २८ वर्षीय शिला श्रेष्ठ (प्यासेन्जर) घाइते भइन्।
उक्त दुर्घटनापछि प्याराग्लाइडिङ गर्नेको संख्या घटेर दैनिक १०० जनाको हाराहारीमा आएको कम्पनीहरूले बताएका छन्।
संस्थाका अध्यक्ष कृष्ण भण्डारीले आज १०० जना जतिले पोखराको आकाशमा प्याराग्लाइडिङ गरेको बताए। उनले मङ्सिर ८ गतेको दुर्घटनापछि प्याराग्लाइडिङ गर्नेको संख्या ह्वात्तै घटेको जानकारी दिए।
दुर्घटनाअघि दैनिक ६०० हाराहारीले प्याराग्लाइडिङ गर्दै आएका थिए। तर, दुर्घटनापछि सर्वसाधारण त्रसित बन्दा उड्नेको संख्या नै घटेको हो।
खासगरी, सामान्य अवस्थामा ८ देखि १२ हजार पर्ने प्याराग्लाइडिङका लागि अहिलेको अवस्थामा तीन हजार ३०० रूपैयाँ भए पुग्छ।
मूल्य घटाएर असोज १५ देखि सञ्चालनमा आएको प्याराग्लाइडिङ आन्तरिक पर्यटकको आकर्षणमा थियो। जसकारण व्यवसाय पुरानै अवस्थामा आउन लागेको व्यवसायीहरूले बताएका थिए।
प्याराग्लाइडिङ पाइलटले ग्राहक (यात्रु)लाई खुसी पार्न उडान भर्दा ‘फ्लावर क्याच’ (फूल टिप्ने) र ‘वाटर टच’ (पानी छुने) गर्दै आएका थिए। त्यसका लागि उनीहरूले तोकिएको मूल्यभन्दा थप ५०० रूपैयाँ बढी लिने गरेको खुलासा भइसकेको छ।
फ्लावर क्याच र वाटर टच गर्दाको भिडिओ बनाएर टिकटकमा अपलोड गर्ने चाहनासहित प्यासेन्जर पनि कम्पनीलाई अतिरिक्त ५०० रूपैयाँ दिँदै आएका थिए।
तर, सँधै सोही ‘स्टन्ट’ गर्दै प्यासेन्जरलाई खुसी पार्दै आएका पाइलट राजु नेपालीको लागि मङ्सिर ८ गतेको ‘फ्लावर क्याच’ नै अन्तिम बन्यो।
स्टन्ट गर्ने क्रममा प्याराग्लाइडिङको सन्तुलन बिग्रेपछि दुर्घटना हुन पुग्यो। एकको मृत्यु र अर्का एक घाइते भए।
दुर्घटनापछि आकाशमा लापरवाही गर्न नहुने भन्ने जानकारी हुँदाहुँदै केही कम्पनी र पाइलटहरूले त्यस्तो काम गर्दै आएको पाइएको हो।
घटनाबारे थप अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणले अध्ययन समिति गठन गरिसकेको छ।
" /> काठमाडौं। विश्वव्यापी कोरोना महामारीपछि सञ्चालन आएर लय समातेको प्याराग्लाइडिङ व्यवसायको आकर्षण पुनः घटेको छ।महामारीका कारण ठप्प भएकाले मूल्य घटाएपछि पुरानै लय समातेको प्याराग्लाइडिङ व्यवसाय फेरि समस्यामा परेको हो।

">