काठमाडौं। भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी सुजुकीले नोभेम्बर महिनामा एक लाख ५३ हजार वटा कार बिक्री गरेको छ। भारतीय सञ्चारमाध्यमहरुको अनुसार सबैजसो सवारी साधानको बिक्री बढ्दा सुजुकीको बिक्री ह्वात्तै बढेको हो।
यो बिक्री अघिल्लो वर्षको यही महिनाको तुलनामा १.७ प्रतिशतले बढी भएको बताइएको छ। अघिल्लो वर्षको नोभेम्बरमा सुजुकीले एक लाख ५१ हजार कार बिक्री गरेको थियो।
यस्तै, मारुतीले अहिलेसम्म ९ हजार ४ वटा कार निर्यात गरेको छ। जुन, गत वर्ष ६ हजार ९४४ भएको बताइएको छ। यसैगरी, नोभेम्बरमा हुण्डाईको बिक्री ९.४ प्रतिशतले बिक्री बढेको छ। गत वर्ष ४४ हजार ६०० कार बेचेको हुण्डाईले यस वर्ष ४८ हजार ८०० वटा कार बेचेको छ।
सतप्रतिशत बिक्री बढेको टाटाले २१ हजार ६४१ वटा कार बेचेको छ। जुन, अघिल्लो वर्ष १० हजार ४०० मा सिमिति थियो। कारसँगै भारतमा दुई पाङ्ग्रे सवारी साधनको समेत बिक्री उकालो लागेको छ। टिभियस बिक्री २१ प्रतिशतले बढ्दा बजाजको ५ प्रतिशतले बिक्री बढेको छ।
" /> काठमाडौं। भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी सुजुकीले नोभेम्बर महिनामा एक लाख ५३ हजार वटा कार बिक्री गरेको छ। भारतीय सञ्चारमाध्यमहरुको अनुसार सबैजसो सवारी साधानको बिक्री बढ्दा सुजुकीको बिक्री ह्वात्तै बढेको हो।यो बिक्री अघिल्लो वर्षको यही महिनाको तुलनामा १.७ प्रतिशतले बढी भएको बताइएको छ। अघिल्लो वर्षको नोभेम्बरमा सुजुकीले एक लाख ५१ हजार कार बिक्री गरेको थियो।

">