लगानीकर्ताले नाफा बुक गर्दा घट्यो सेयर बजार, आठ अर्बको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन घटेर बन्द भएको छ।

साताभर उकालो लागेको नेप्से आज बिहीबार १५.०७ अंकले घटेर बन्द भयो। साताभर बढेको सेयर मूल्यबाट नाफा बुक गर्न किन्नेभन्दा बेच्न चाहने लगानीकर्ताको भीड लाग्दा परिसूचक घटेको हो।

यस क्रममा आज एक करोड ५८ लाख कित्ता सेयर किनबेच हुँदै आठ अर्ब २ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

जलविद्युत् र माइक्रोफाइनान्स समूह मात्रै सुधार

कारोबार भएकामध्ये सबैजसो समूहका लगानीकर्ताले सेयर बेच्दा दुई समूहमा भने सुधार आएको छ। जलविद्युत् १०.३६ र माइक्रोफाइनान्स ३०.०८ अंकले बढ्नुबाहेक अन्य कुनै समूहमा सुधार आउन सकेन।

जीवन बीमा कम्पनी समूह सबैभन्दा बढी २५८ अंकले घटेको छ। यस्तै, निर्जीवन बीमा समूह १६६ अंकले घटेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्