काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले विकास निर्माणमा देखिएका समस्या मिहीन रूपमा पहिचान गर्न सकिए समाधान त्यही भेटिने बताएका छन्।
आ.व.०७७÷७८ को प्रथम चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले समस्याको सही रूपमा उजागर हुन नसके समाधान पनि नहुने बताए।
उनले भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु पनि स्वाभाविक रहेको बताए। उनले भने, “पूर्वाधार निर्माणले आर्थिक विकासमा ठूलो भूमिका खेल्छ।”
मन्त्री नेम्बाङले पूर्वाधार निर्माणको क्षेत्रमा विगत एक दशकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै जिम्मेवार निकायमा रहने अधिकारीहरूमा पनि त्यही अनुसार जिम्मेवारी र लगनशीलतामा परिवर्तन आउनुपर्ने बताए।
उनले भने, “परिवर्तित अवस्थामा सबै कुरालाई परिवर्तन गरेर जाँदा आशातीत प्रतिफल प्राप्त हुन्छ।”
उनले राज्य र जनताका अपेक्षा धेरै भएकाले राज्यको जिम्मेवार निकायमा बसेकाहरूले स्वमूल्यांकन गर्नुपर्ने बताए।
उनले तुलनात्मक रूपमा गत वर्षको भन्दा राम्रो प्रगति देखिएता पनि सन्तोष हुन सकिने अवस्था नरहेको बताए। मातहतका निकायलाई गम्भीर समीक्षा गर्न उनले निर्देशन दिए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कडेलले भौतिक पूर्वाधार क्षेत्र महत्त्वपूर्ण रहेको उल्लेख गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फिल्डमा काम भएको मन्त्रालय भएको र यही अनुसार काम पनि गरेको भन्दै बधाइ दिए।
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मातहतका निकायलाई थप बल लगाउन निर्देशन दिए।
" /> काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले विकास निर्माणमा देखिएका समस्या मिहीन रूपमा पहिचान गर्न सकिए समाधान त्यही भेटिने बताएका छन्।आ.व.०७७÷७८ को प्रथम चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले समस्याको सही रूपमा उजागर हुन नसके समाधान पनि नहुने बताए।

">