काठमाडौं। नेपालका लागि युरोपियन युनियन (इयू)की राजदूत नोना डेप्रेजले नेपालमा कोभिड-१९ नियन्त्रणका लागि संयुक्त प्रयास गर्ने बताएकी छिन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भएको भेटघाटका क्रममा उनले महामारी नियन्त्रणलका लागि युनियनले थप प्रयास गर्ने बताएकी हुन्।
उनले नेपालमा कोभिड-१९ नियन्त्रणका लागि आवश्यक पर्ने सहायता बढाउँदै जाने प्रतिबद्धता जनाइन्।
अर्थमन्त्री पौडेलले कोभिड-१९ को न्यूनीकरण तथा रोकथाममा युरोपियन युनियनले उल्लेख्य सहयोग गरेकोमा धन्यवाद दिए। उनले नेपालको शिक्षा, कृषि, स्वास्थ्य, संघीयता कार्यान्वयनलगायत क्षेत्रमासमेत युनियनको सहयोग रहेको बताए।
भेटका क्रममा द्विपक्षीय सम्बन्ध, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि, महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको बताइएको छ।
साथै, युरोपियन लगानी बैंकको सहयोग थप विस्तार गर्ने विषयमा पनि छलफल भएको जनाएको छ।
" /> काठमाडौं। नेपालका लागि युरोपियन युनियन (इयू)की राजदूत नोना डेप्रेजले नेपालमा कोभिड-१९ नियन्त्रणका लागि संयुक्त प्रयास गर्ने बताएकी छिन्।अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भएको भेटघाटका क्रममा उनले महामारी नियन्त्रणलका लागि युनियनले थप प्रयास गर्ने बताएकी हुन्।

">