काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
चालु आर्थिक वर्षको चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
कोभिड-१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्य सम्पादन गर्न भन्दै उनले आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्दा समयसीमा निर्धारण गर्नसमेत निर्देशन दिएका छन्।
उनले पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनोट गर्ने प्रवृत्तिमा क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा सम्पन्न गर्नका लागि सहजीकरण गर्नुपर्ने बताए।
पौडेलले आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउने, समयमै बेरूजु फस्र्योट गर्ने, लक्ष्य अनुरूप बजेट कार्यान्वयन गर्ने र कार्य सम्पादनका लागि तोकिएका सूचकहरूको लक्ष्य समयमै हासिल गर्ने गरी काम गर्न सबैको ध्यानाकर्षण गराए।
बैठकमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले चालु आर्थिक वर्षको प्रथम चौमासिक बजेटको खर्च स्थिति, राजस्व परिचालनको अवस्था, विकास सहायता परिचालन, सोधभर्नाको अवस्था, बेरूजु फस्र्योटको स्थिति तथा प्रथम चौमासिकको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे प्रस्तुति राखेका थिए।
" /> काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।चालु आर्थिक वर्षको चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

">