बागमती। लकडाउनका कारण प्रभावित भएको छैठौँ राष्ट्रिय औद्योगिक सर्वेक्षण-२०७६ पुनः सुरु हुने भएको छ। हरेक १०/१० वर्षमा हुने औद्योगिक सर्वेक्षणअन्तर्गत मकवानपुर र धादिङमा यही मङ्सिर २१ गतेबाट सर्वेक्षण प्रारम्भ गरिने तथ्याङ्क कार्यालय मकवानपुरले जनाएको छ।
केन्द्रीय तथ्याङ्क विभागबाट स्वीकृत कार्यक्रमअन्तर्गत गत फागुन १२ गतेदेखि सुरु सर्वेक्षण कोभिड-१९ को महामारी नियन्त्रण गर्न नेपाल सरकारद्वारा घोषित बन्दाबन्दी तथा निषेधाज्ञा आादिका कारण स्थगित भएको थियो।
“लामो समयदेखि स्थगित रहेको सर्वेक्षण विभागीय निर्णय र आदेशानुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पुनः सुरु गर्न लागेका छौँ,” तथ्याङ्क अधिकृत राजेश दासले भने। दासका अनुसार अब गरिने सर्वेक्षणमा कोभिड-१९ को प्रभावसम्बन्धी प्रश्नावली र मुख्य प्रश्नावली गरी दुई बटा फाराम प्रयोग गरिने छ।
सर्वेक्षणमा तथ्याङ्क कार्यालय मकवानपुरको कार्यक्षेत्रमा पर्ने मकवानपुरका ३४० र धादिङका २१७ वटा प्रतिष्ठान रहेकोमा बन्दाबन्दीको अघिसम्म दुवै जिल्लामा गरी जम्मा १४० वटा प्रतिष्ठानको तथ्याङ्क सङ्कलन भएको थियो। अब बाँकी रहेका ४१७ वटा प्रतिष्ठानमा तथ्याङ्क सङ्कलन गरिनेछ।
यस सर्वेक्षणमा कार्यालयका कर्मचारीका साथै मकवानपुर र धादिङमा करारमा गणक नियुक्त गरी परिचालित हुने कार्यालयका खरिदार गोपाल ढोडारीले जानकारी दिए।
औद्योगिक सर्वेक्षण यसअघि वि.सं. २०६६ मा ५औँ पटक सम्पन्न भइसकेको छ। राष्ट्रिय अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान, सम्भावना, चुनौती, समस्या, रोजगारी सिर्जना जस्ता विविध पक्षलाई मध्यनजर गरी सर्वेक्षण सञ्चालन हुने जनाइएको छ। रासस