काठमाडौं। भारतले बासमती चामल आफ्नो देशमा मात्रै उत्पादन हुने दाबी गरेको छ।
भारतले युरोपियन युनियन (ईयू)मा बासमती चामलको भौगोलिक संकेत (जिओग्राफिकल इन्डिकेटर) दर्ताको आवेदन दिएको छ।
भारतले दिएको आवेदन ईयूले दर्ता गरेको अवस्थामा बासमती चामलको उत्पादन भारतमा मात्रै हुने प्रमाणपत्र जारी हुन्छ।
तर, भारतसँगै नेपालको अधिकांश भू-भागमा समेत बासमती चामलको सदिऔंदेखि खेती/उत्पादन हुँदै आएको छ।
भारतलाई उक्त प्रमाणपत्र प्राप्त भएको अवस्थामा भारतबाहेकका अन्य देशले बासमती चामल उत्पादन गरे पनि उक्त नाम प्रयोग गर्न पाउँदैनन्।
बासमती चामलको नाममा अन्य मुलुकमा निर्यात गर्न मात्र नभई आफ्नै देशमा पनि उक्त ब्राण्डबाट चामल बिक्री वितरण गर्दा भारतले चाहेको अवस्थामा कानुनी कारबाही गर्न सक्छ।
एसियन पेटेन्ट एटर्टोनिस एसोसिएसन नेपालका महासचिव गौरिशकृष्ण खरेलले भारतको आवेदन ईयूले दर्ता गरेमा नेपालले उक्त नाम प्रयोग नै गर्न नपाउने बताए।
उनले भने, “नेपालमा प्रशस्त मात्रामा बासमती चामल उत्पादन हुँदै आएको छ। उत्पादन बढाउन सकेमा निकासीको राम्रो सम्भावना छ।”
तर, भौगोलिक संकेत दर्ता गर्दै भारतले बासमती चामलमा एकाधिकार कायम गर्न खोजेको उनको भनाइ छ।
उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले भारतले भौगोलिक संकेत दर्ताको लागि आवेदन दिएको जानकारी आइसकेको बताए।
उनले भने, “यही साताको मंगलबार जानकारीमा आएको हो। यस विषयमा हामीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी दिइसकेका छौं।”
उनले भारतले दिएको आवेदनको विषयमा विस्तृत छलफल गरिने बताए। मन्त्रालय र विभागको संयुक्त बैठकपछि आगामी कदमबारे निस्कर्ष निक्लिने उनले बताए।
ईयूले ११ सेप्टेम्बर २०२० मा आधिकारिक जर्नलमार्फत् बासमती चामलमा भारतको आवेदन परेको जानकारी दिएको थियो।
उक्त जर्नलअनुसार भारतको उक्त दाबीविरुद्ध डिसेम्बर ११ सम्ममा उजुरी गर्नुपर्ने छ।
उक्त अवधिसम्म नेपालले भारतको दाबीविरुद्ध उजुरी नदिए भारतले ईयूबाट बासमती चामलको भौगोलिक संकेत पाउने छ।
त्यसपछि नेपालले बासमती लेखिएको चामल कतै पनि निकासी गर्न पाउने छैन।
के हो भौगोलिक संकेत ?
भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन) एक विशिष्ट/निश्चित भौगोलिक उत्पत्ति भएका उत्पादनको लागि प्रयोग गरिने संकेत हो।
यो संकेत पाएका वस्तुहरू तोकिएको निश्चित स्थानभन्दा अन्त उत्पादन हुँदैनन वा बन्दैनन् भनेर बुझिन्छ। यसलाई भौगोलिक उत्पादन र व्यापारको एकाधिकारको ट्रेडमार्कका रूपमा पनि बुझ्न सकिन्छ।
भारतले आवेदन गरेको भौगोलिक संकेत युरोपियन युनियनले स्वीकृत गरे भारतले तोकेको स्थानभन्दा अन्य क्षेत्रमा बासमती उत्पादन नै हुँदैन भन्ने बुझिन्छ। भारतले दिएको आवेदनमा पञ्जाब, कास्मीर र उत्तर भारतका केही स्थानमा मात्रै बासमती चामल उत्पादन हुन्छ भनिएको छ।
त्यसैले दाबी स्वीकृत भएको अवस्थामा तोकिएका ती स्थानबाहेक भारतकै अन्य क्षेत्रमा उत्पादन भएको चामललाई समेत व्यापारिक प्रयोजनमा बासमती चामल भन्न पाइँदैन। र, बासमतीको नाममा भौगोलिक संकेतमा तोकिएका स्थानबाहेक अन्य उत्पादित चामल युरोप वा युरोप हुँदै अन्य मुलुकमा निकासी गर्न पाइँदैन।
" /> काठमाडौं। भारतले बासमती चामल आफ्नो देशमा मात्रै उत्पादन हुने दाबी गरेको छ।भारतले युरोपियन युनियन (ईयू)मा बासमती चामलको भौगोलिक संकेत (जिओग्राफिकल इन्डिकेटर) दर्ताको आवेदन दिएको छ।

">