सीजीटीएन। चीनले चन्द्रमामा पठाएको अन्तरिक्ष यान चट्टान र माटोको नमुना लिएर फर्किँदै छ। ‘रोबोटिक मुन मिसन चाङ्ग ई-५’ यान चन्द्रमाको निर्धारित सतह नजिक सहजताका साथ अवतरण गरेको थियो। सोही यान बिहीबार राति नमुनासहित पृथ्वीतर्फ उडेको चिनियाँ राष्ट्रिय स्पेस प्रशासनले जानकारी दिएको छ।
यो यानले चन्द्रमा रहेको माटो र चट्टान एकत्रित गरी केही दिनमा पृथ्वीमा फर्किने गरी चीनले पठाएको थियो।
यानलाई मान्स रुमकेरमा अवतरण गर्ने योजना बनाइएको थियो, जुन चन्द्रमाको ज्वालामुखी पहाड नजिक रहेको थियो। माटो र चट्टान लिन पठाइएको यानमा क्यामरा, रडार, एक ड्रिल मेसिन र स्पेक्ट्रोमिटर जडान गरिएको छ।
यानमा जडान गरिएका उपकरणले दुई किलोसम्म वजन भएको माटो र चट्टानलाई एकत्रित गर्न सक्छ। जम्मा गरिएको माटो र चट्टानलाई एक अर्विटिङ मिसनसम्म पुर्याउँछ जसले यसलाई पृथ्वीमा पठाएको छ।
यसअघि ४४ वर्ष पहिला रुसले लूना २४ मिसनले चन्द्रमाको सतहबाट २०० ग्राम माटो पृथ्वीमा ल्याएको थियो। एक साताअघि यस यानको प्रक्षेपणलाई चिनियाँ टेलिभिजन च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए। तर, यानले अवतरण गरेको दृश्यलाई भने टेलिभिजनमा प्रत्यक्ष देखाइएन।
जब यानले चन्द्रमाको सतहमा अवतरण गर्यो, त्यसपछि मात्र उक्त दृश्य टेलिभिजनमा देखाइएको थियो। यान चन्द्रमाको सतहमा अवतरण गरेपछि खिचेका तस्वीरहरू पनि चिनियाँ टेलिभिजनले देखाएका थिए।
चिनियाँ स्पेस एजेन्सीका अनुसार स्थानीय समयअनुसार यान गएको राति २३:११ बजे चन्द्रमाको सतहमा अवतरण गरेको थियो। सफलतापूर्वक यान चन्द्रमामा अवतरण गर्न सफल भएकोमा अमेरिकी स्पेस एजेन्सीले चीनलाई बधाई दिएको छ।
८.२ टनको चाङ्ग ई-५ अन्तरिक्षयानलाई चीनले नोभेम्बर २४ का दिन दक्षिणी चीनको वेनचाङ्ग स्टेसनबाट प्रक्षेपण गरेको थियो। चीनले यसअघि सन् २०१३ र २०१९ मा पनि अन्तरिक्षयान चन्द्रमामा पठाएको थियो।
" /> सीजीटीएन। चीनले चन्द्रमामा पठाएको अन्तरिक्ष यान चट्टान र माटोको नमुना लिएर फर्किँदै छ। ‘रोबोटिक मुन मिसन चाङ्ग ई-५’ यान चन्द्रमाको निर्धारित सतह नजिक सहजताका साथ अवतरण गरेको थियो। सोही यान बिहीबार राति नमुनासहित पृथ्वीतर्फ उडेको चिनियाँ राष्ट्रिय स्पेस प्रशासनले जानकारी दिएको छ।यो यानले चन्द्रमा रहेको माटो र चट्टान एकत्रित गरी केही दिनमा पृथ्वीमा फर्किने गरी चीनले पठाएको थियो।

">