काठमाडाैं। कृषि बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडको एकीकृत साधारणसभाले विनोद पराजुलीकाे अध्यक्षतामा २३ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ।
गत असार ३१ गते कृषि बीउ र तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडबीच एकीकरण भएको थियो। कृषिसँग सम्बन्धित सहकारीको छाता संस्थालाई एउटै बनाउने उद्देश्यले एकीकरण गरिएको जनाइएको छ। हाल २० केन्द्रीय सङ्घमध्ये १३ वटा कृषिकै रहेको जनाइएको छ।
एकीकरण भएपछि शुक्रबार सुरु पहिलो साधारणसभाले आगामी चार वर्षे कार्यकालका लागि २३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो। सङ्घको सहअध्यक्षमा होमनाथ थपलिया, उपाध्यक्ष त्रयमा सुश्री गोपा बिएम, कालीप्रसाद पाण्डे र रणबहादुर बोहरा निर्वाचित भएका छन्।
यसैगरी महासचिवमा मीनबहादुर घिमिरे निर्वाचित भएका छन्। सङ्घको सात जना सचिवमा क्रमश: हरिप्रसाद प्याकुरेल, श्रीमती सङ्गीता कँडेल, हितराज कार्की, हरिबहादुर थापा, रामप्रसाद पाण्डे, बर्जुराम घतानी र रामचन्द्र रेग्मी निर्वाचित भएका छन्। सात जना सचिवलाई आगामी सञ्चालक समितिको बैठकले प्रदेशगतरुपमा संयोजन गर्नेगरी जिम्मेवारी तोक्ने सचिव प्याकुरेलले जानकारी दिए।
सङ्घको कोषाध्यक्षमा धर्मेन्द्र महर्जन, सदस्यमा भूमिप्रसाद रेग्मी, कल्याणी बोहरा, रुद्रबहादुर विसङ्खे, पासाङदोर्जे लामा, बद्री सञ्जेल, एकप्रसाद बजगाइँ, गङ्गासागर नेपाल, विवेक ढकाल र रमेश फुयाँल निर्वाचित भएका छन्। साधारणसभाको शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले उद्घाटन गरेकी थिइन्। रासस
" /> काठमाडाैं। कृषि बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडको एकीकृत साधारणसभाले विनोद पराजुलीकाे अध्यक्षतामा २३ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ।गत असार ३१ गते कृषि बीउ र तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडबीच एकीकरण भएको थियो। कृषिसँग सम्बन्धित सहकारीको छाता संस्थालाई एउटै बनाउने उद्देश्यले एकीकरण गरिएको जनाइएको छ। हाल २० केन्द्रीय सङ्घमध्ये १३ वटा कृषिकै रहेको जनाइएको छ।

">