सुनचाँदी व्यवसायी महासंघको तेस्रो महाधिवेशन पुस २४ र २५ गते हुने
<p style="text-align: justify;">काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पुस २४ र २५ गते काठमाडौंमा आयोजना गरिने भएको छ।</p>
<p style="text-align: justify;">महासंघको १९औँ पूर्ण बैठकले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सातौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको हो।</p>
<p style="text-align: justify;">महासंघले सर्वसम्मत रूपमा उक्त निर्णय गरेको जनाएको छ। यसअघि कोरोना महामारीका कराण महासंघको साधारणसभा स्थगित हुँदै आएको थियो।</p>