सय अंकभन्दा बढीले घटेर बन्द भयो नेप्से

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय २३ अंक घटेर बन्द भएको छ।

एक सयभन्दा बढी अंकले घटेपछि सयमभन्दा आधा घन्टाअगाडि नै कारोबार रोकिएको छ। नेप्से कार्यालयले नेगेटिभ सर्किट लागेपछि २ बजेर ३० मिनेट जानुभन्दा अगाडि नै कारोबार बन्द गरेको जानकारी दिएको छ।

नेगेटिभ सर्किट लागेर बन्द भएको सेयर बजार सय अंकभन्दा बढीले घटेर एक हजार ९३२ अंकमा आइपुगेको छ। यस क्रममा ७ अर्ब २० करोड रूपैयाँ बराबरको एक करोड ५४ लाख कित्ता सेयर किनबेच भएको छ।

यसबीचमा कारोबार भएका सबै समूहमा गिरावट आएको छ। सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको सूचक ५६९ अंकले घटेको छ।

यस्तै, उत्पादनमूलक ३६२ र लघुवित्त समूह २२४ अंकले घटेको छ।

प्रतिक्रिया दिनुहोस्