काठमाडौं। व्यापारीहरूले खाने तेल र गेडागुडीको खुद्रा मूल्य आफूखुसी बढाएका छन्।
नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो समय खाने तेलको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ।
संघका अध्यक्ष राजकुमार श्रेष्ठले तेलको मूल्य प्रतिलिटर २० रूपैयाँसम्म बढेको जानकारी दिए। उनले बढ्नुपर्ने कुनै कारण नभई तेलको मूल्य बढेको बताए। “डलरको भाउ स्थिर छ। इन्धनको भाउ पनि बढेको छैन। केही आधार नभइ मूल्य बढेको छ,” उनले भने।
होलसेल व्यापारीहरूले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बताउने गरेको खुद्रा व्यापारीको भनाइ छ। तर, बढेको मूल्यको बिल नपाइने संघले बताएको छ।
मूल्य वृद्धि भएसँगै भटमासको तेलको मूल्य प्रतिलिटर १८०/१९० रूपैयाँ पुगेको छ। यसअघि भटमासको तेल १६५ रूपैयाँमा पाइन्थ्योे। अध्यक्ष श्रेष्ठले होलसेलबाट खुद्रा व्यापारीले नै १७० रूपैयाँमा किन्नु परेको बताए।
यस्तै, सनफ्लावर तेलको मूल्य लिटरमा २०० रूपैयाँ पुगेको छ। यसअघि यसको मूल्य १८० रूपैयाँसम्म पथ्र्यो।
त्यसैगरी, २२० रूपैयाँमा पाइने तोरीको तेलको मूल्य प्रतिलिटर २४० रूपैयाँ पुगेको छ।
संघका अनुसार तेलसँगै गेडागुडी, बोडी र दालको मूल्य पनि प्रतिकिलो १० रूपैयाँले उकालो लागेको छ। अध्यक्ष श्रेष्ठले बढेपछि केराउ १३०, बोडी १४०/१५० र मुसुराको नेपाली दालको मूल्य १६० सम्म पुगेको जानकारी दिए।
" /> काठमाडौं। व्यापारीहरूले खाने तेल र गेडागुडीको खुद्रा मूल्य आफूखुसी बढाएका छन्।नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो समय खाने तेलको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ।

">