काठमाडौं। कोभिड-१९ महामारीको रूपमा फैलिएको कोरोना कालमा विश्वभरका सबै उद्योग/व्यवसाय चौपट छन्।

विश्वभर आफ्नो ताकत देखाइरहेको कोभिड-१९ ले नेपालका उद्योग/व्यवसाय र कम्पनीलाई पनि आर्थिक संकटमा धकेलेको छ।

स्थापित र ठूला भनिएका कम्पनी तथा उद्योगहरू कर्मचारी गर्नतर्फ र उद्योगलाई कसरी बचाउने भन्ने सोच्न बाध्य छन्।

महामारीका कारण पर्यटन र उद्योग कलकारखाना पूर्णरूपमा ठप्प छन्। यस्तै, होटल/रेष्टुरेन्ट, मनोरञ्जन, रियल स्टेट तथा शैक्षिक संस्था लगायतका उद्योग यसबाट प्रभावित बनेका छन्।

केही कम्पनीहरू आफ्नो बजार विस्तार गर्नेदेखि धान्नै नसक्ने बजारको माग धान्न अनेक प्रयत्न गरिरहेका छन्।

तर, कोरोना कालमा अधिकांश व्यवसाय समस्यामा परे पनि सबै उद्योग र व्यवसाय आर्थिक संकटमा छैनन्।

ई-कमर्श व्यवसाय

कोभिड-१९ को महामारी अन्य व्यवसायलाई जस्तो ई-कमर्श कम्पनीहरूलाई अभिसाप सावित भएन।

ई-कमर्श कम्पनीहरूका लागि महामारी उल्टै व्यवसायको विस्तार गर्न र व्यापार बढाउन गतिलो अवसर बन्यो।

महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा भएपछि ई-कमर्श कम्पनीहरूले आफ्नो व्यापार विस्तार गर्ने मौका पाए।

लकडाउनमा घरबाट बाहिर नमिल्ने भएपछि अनलाइनबाट सामान किन्ने धेरै बढे।

यस्तै, पैसाबाट भाइरस सर्ने तथ्य पत्ता लागेपछि अनलाइन पेमेन्टमार्फत् सामान किन्नेकाे आकर्षण नै बढेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि यस अवधिमा डिजिटल वालेटका प्रयोगकर्ता बढेको देखाएको छ।

स्मार्ट डोकोका जेनेरल म्यानेजर सुविनमान प्रधानले महामारीको समयमा अनलाइनबाट सामान किन्नेहरूको संख्या बढेको बताए।

उनले देखापढीसँग कुरा गर्दै भने, “मानिसहरूमा ई-कमर्श कम्पनीप्रति विश्वास पनि आइसकेको छ। यस्तै, महामारीमा घर बाहिर निस्किन नपाउँदा घरमै बसेर मोबाइलमार्फत सामान अर्डर गर्नेहरू बढे।”

उनले आफ्नो कम्पनीमा लकडाउन अघिको तुलनामा अहिले धेरै ग्राहक बढेको जानकारी दिए।

पछिल्लो समय स्मार्ट डोकोमा मात्र नभई अन्य विभिन्न कम्पनीका ग्राहक पनि बढिरहेका छन्।

डिजिटल वालेट

कोरोना कालमा ई-कमर्शपछि डिजिटल वालेट कम्पनीले समेत राम्रो व्यापार गरे।

पैसाबाट कोरोना भाइरस सर्छ भन्ने तथ्य बाहिरिएपछि पैसाको कारोबार गर्न छाडेर धेरैले डिजिटल कारोबार गर्न थाले।

यस्तै, राष्ट्र बैंक र सबै प्रकारका बैंकहरूले समेत डिजिटल कारोबार गर्न आफ्नो ग्राहकलाई प्रोत्साहन गर्दा यसप्रतिको आकर्षण झनै बढेको हो।

फलस्वरूपः डिजिटलमाध्यम र ई-बैंकिङ कारोबार गर्नेहरू उल्लेख्यरूपमा बढेका छन्।

प्रयोगकर्ता बढेपछि डिजिटल वालेट कम्पनीको कारोबार र आम्दानी नबढ्ने कुरै भएन।

सवारीसाधनको बिक्री

लकडाउन र निषेधाज्ञा खुलेपछि सवारी साधनको बिक्री सबैभन्दा बढी चम्कियो।

लकडाउन र निषेधाज्ञा खुलेपछि सार्वजनिक सवारीसाधन सञ्चालनमा आए पनि सर्वसाधारण चढ्न हिच्किचाए।

फलस्वरुपः ल्याकतअनुसार सबैले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन जोड्नतर्फ लागे।

सार्वजनिक सवारीसाधन चढ्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै अधिकांशले सवारीसाधन किन्दा बजार नै चम्किएको नाडा अटोमोबाइल्सका अध्यक्ष कृष्ण दुलालले बताए।

उनले भने, “अघिल्लो तीन चार महिना बिक्री बन्द भएर खुल्दा एकै पटक बढी बिक्री भएको देखिएको हो।”

भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको चार महिनामा ८० हजारभन्दा बढी त दुई पाङ्ग्रे सवारी साधान आयात भएको छ।

खाद्यान्न

महामारी रोक्नका लागि लकडाउन र निषेधाज्ञा गरिए पनि खाद्यान्नको उत्पादन, आयात तथा बिक्री निर्वाधरूपममा सञ्चालनमा आइरहेको छ।

दैनिक उपभोग्य जीवनका लागि अत्यावश्यक वस्तुहरूको सूचीमा पर्ने खाद्यान्नको व्यापार कोरोना कालमा सदाबहार छ।

यसैले खाद्यान्नको व्यापार नाघेको व्यापारीहरूले बताएका छन्। उनीहरूका अनुसार यस अवधिमा खाद्यान्नका सामाग्रीको व्यापार नबढे पनि घटेको छैन।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले खाद्यान्नको व्यापारमा गिरावट नआएको बताए। उनले अघिल्लो वर्षहरूको भन्दा बढी व्यापार नभए पनि बिक्री नघटेको जानकारी दिए। भने, “होटल/रेष्टुरेन्ट तथा क्यान्टिन बन्द  हुँदा बिक्री बढ्न सकेको छैन। तर, घटेको पनि छैन।”

औषधि

महामारीको समयमा निर्वाधरूपमा सञ्चालनमा आउन पाएको खाद्यान्नपछि औषधिको बिक्री वितरण तथा उत्पादन हो।

औषधि पसल र औषधिको उत्पादन गर्ने उद्योगलाई सरकारले बन्द नगर्ने उद्योग र व्यवसायहरूको सूचीमै राखेको थियो।

यस्तै, महामारीको समयमा स्यानिटाइजर र मास्क लगायतका मेडिकल सामाग्रीको व्यापार बढेको छ।

यसबाहेक, दीर्घ रोग र मुटुको औषधिको पनि बिक्री बढेको औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्रीले बताए।

उनले यसबाहेक अन्य औषधिको भने बिक्री नबढेको जानकारी दिँदै भने, “केही औषधिहरूलाई समेत जोडेर समग्र औषधि क्षेत्रको हिसाब गर्दा बढेको देखिन्छ।”

इन्टरनेट/दुरसञ्चार

कोरोना कालमा अन्य केही व्यवसाय जस्तै इन्टरनेट र दूरसञ्चार कम्पनी प्रभावित छैनन्।

लकडाउन र निषेधाज्ञापछि सबैजसो ‘वर्क फ्रम होम’मा लागेकाले इन्टरनेट जोडेका छन्।

जसकारण, यसअवघिमा १२ प्रतिशतले इन्टरेनेट प्रयोगकर्ता बढेको इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले बताए।

उनले भने, “लकडाउन र निषेधाज्ञापछि २५ प्रतिशतले इन्टरनेटको प्रयोग बढेको छ।”

खासगरी, महामारीका कारण संसारभरका कम्पनीहरू ‘वर्क फ्रम होम’को मोडलमा जाँदा इन्टरनेटका प्रयोगकर्ता बढेका हुन्।

यस्तै, अनलाइन कक्षाले समेत इन्टरनेट जोड्नेहरू बढेका छन्। योसँगै यस अवधिमा दूरसञ्चार कम्पनीहरूको समेत व्यापार ठूलो मात्रामा प्रभावित बनेको छैन।

मोबाइल बिक्री

कोभिड-१९ महामारीको समयमा मोबाइलको बिक्री पनि प्रभावित नबनेको व्यवसाय हो।

लकडाउनको समयमा व्यापार ठप्प बनेपछि त्यसपछि खुलेको बजारले अर्बौंको व्यापार गरिसकेको छ।

हालसम्म विभिन्न मुलुकबाट १४ अर्ब भन्दा बढीको मोबाइल आयात भएको भन्सार विभागले जानकारी दिएको छ।

विद्यालय तथा कलेजहरूले महामारीको समयमै अनलाइन कक्षा सुरु गर्दा मोबाइलको माग बढ्न गएको हो।

मोबाइल वितरक संघका अध्यक्ष जगत साउदले अनलाइन कक्षाले मोबाइलको बिक्री बढाएको बताए।

उनले ल्यापटपको तुलनामा मोबाइल सस्तो हुने हुँदा सबैको रोजाइमा मोबाइल फोन पर्न गई यसको बिक्री बढेको जानकारी गराए।

संघका अनुसार अघिल्लो तीन महिना लकडाउनका कारणले मोबाइलको बिक्री हुन नसक्दा लकडाउन खुलेपछि एकैपटक बढेको हो।

" /> काठमाडौं। कोभिड-१९ महामारीको रूपमा फैलिएको कोरोना कालमा विश्वभरका सबै उद्योग/व्यवसाय चौपट छन्।

"> कोरोना कालको आर्थिक संकटमा चम्किएका व्यवसाय: Dekhapadhi
कोरोना कालको आर्थिक संकटमा चम्किएका व्यवसाय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्