रसुवा। लाङ्टाङ चीज उत्पादन केन्द्रले उत्पादन गरेका चीज बिक्री नहुँदा स्थानीयस्तरमै अलपत्र परेको छ।
लाङ्टाङ पर्यटकीय क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि चौंरी गाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको क्याङ्जेन उत्पादन केन्द्रमै अलपत्र परेको उक्त केन्द्रले जनाएको छ।
बिक्री पनि नहुने र भण्डारणमा लामो समयसम्म राख्दा तौल घट्न गई त्यसको नोक्सानी आफूले व्यहोर्नुपर्ने भएकाले दुग्ध विकास संस्थानको काठमाडौंस्थित केन्द्रीय भण्डारण लैनचौरमा लाने अनुमति माग भइरहेको चीजकेन्द्रका प्रमुख ग्याल्पो तामाङले बताए।
गत जेठ मसान्तबाट भदौ १५ गतेसम्म उत्पादन भएका पाँच लाख १२ हजारको चीज तथा एक लाख आठ हजार रूपैयाँ बराबरको मखन अलपत्र परेको छ । नेपालको जेठो चीज कारखाना लाङ्टाङले उत्पादन गरेका चीज पर्यटकबाटै खपत भइरहेको अवस्थामा कोभिड-१९ को सङ्क्रमण शुरू भएलगत्तै विदेशी पाहुनाको चहलपहलमा शून्यता छाएपछि चीज तथा मखन बिक्रीमा समस्या आएको उक्त केन्द्रले जनाएको छ ।
४०० चौंरी गाईबाट उत्पादन हुने दूध आपूर्ति गर्ने किसानको सङ्ख्या २१ रहेको र चीज तथा मखन बिक्रीमा समस्या आएपछि गत असोज १५ बाटै उत्पादन बन्द गरिएको प्रमुख तामाङले जानकारी दिए। रासस
" /> रसुवा। लाङ्टाङ चीज उत्पादन केन्द्रले उत्पादन गरेका चीज बिक्री नहुँदा स्थानीयस्तरमै अलपत्र परेको छ।लाङ्टाङ पर्यटकीय क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि चौंरी गाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको क्याङ्जेन उत्पादन केन्द्रमै अलपत्र परेको उक्त केन्द्रले जनाएको छ।

">