काठमाडौँ। मनकामना दर्शन गर्न जाने भक्तजनले मनकामना केबलकारको टिकट मोबाइलमा खल्ती डिजिटल वालेट एपबाट तिर्न सक्ने भएका छन्। खल्तीले आज शुल्क भुक्तानी गर्ने सम्बन्धी मनकामना केबलकारसँग सम्झौता गरेपछि अब मोबाइलबाटै केबुलकारको टिकर खरीद गर्न सकिने भएको हो।
हाल कोरोना भाइरसका कारण मनकामना केबलकार बन्द रहेको छ, तर केबुलकार सञ्चालनमा आएपछि यो सेवा सुरु हुने खल्तीले आज एक प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।
खल्तीका ग्राहकले खल्ती डटकम वेबपेज वा मोबाइल एपमा रहेको मनकामना केबलकारको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन्। यसरी शुल्क भुक्तानी गरेपछि ग्राहकलाई मोबाइलमै इ–टिकट प्राप्त हुनेछ र सोही टिकट देखाएर ग्राहकले केबलकारमा यात्रा गर्न सक्नेछन्।
यसअघि नै खल्ती वालेटको प्रयोग गरी ६० बैंकमा पैसा पठाउनका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट, डिटिएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट, होटेल रुम बुकिङ, इकमर्समार्फत् किनेको सामानको भुक्तानी, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता सेवाहरू सञ्चालनमा ल्याएको छ।
" /> काठमाडौँ। मनकामना दर्शन गर्न जाने भक्तजनले मनकामना केबलकारको टिकट मोबाइलमा खल्ती डिजिटल वालेट एपबाट तिर्न सक्ने भएका छन्। खल्तीले आज शुल्क भुक्तानी गर्ने सम्बन्धी मनकामना केबलकारसँग सम्झौता गरेपछि अब मोबाइलबाटै केबुलकारको टिकर खरीद गर्न सकिने भएको हो।हाल कोरोना भाइरसका कारण मनकामना केबलकार बन्द रहेको छ, तर केबुलकार सञ्चालनमा आएपछि यो सेवा सुरु हुने खल्तीले आज एक प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।

">