काठमाडाैं। सिन्धुलीको जुनार भन्नेबित्तिकै सबैको मन लोभ्याउँछ। नौलो फल भएर खाउँ-खाउँ पनि लाग्ने! तर, तपाईंले खाँदै गरेको जुनार सिन्धुलीकै हो त ? कसको र कुन बगैँचाको जुनार हो ? उपभोक्ताले कसरी थाहा पाउने ?
अब ‘क्यूआर स्क्यान’गरेर ‘कुन जुनार कहाँको ?’ भनेर उपभोक्ताले विस्तृत थाहा पाउन सक्ने भएका छन्।
ग्रीन ग्रोथका सहसञ्चालक सौरभ ढकाल भन्छन्, “हामीले सिन्धुलीको जुनार एग्रीक्लेयर सफ्टवेयरबाट ट्रयाक गर्दैछौं, क्यूआर कोड स्क्यान गर्दा बगैंचाबाट डेलिभरीसम्मको जानकारी उपभोक्ताले पाउन सक्छन्।”
केही वर्षअघिसम्म जुनारले काठमाडौं लगायतका अन्य ठूला सहरहरूमा बजार पाउन सकेको थिएन। उपभोक्ताको पहुँचमा जुनार निकै मुस्किलले पुग्थ्यो। तर, विस्तारै बजारहरूमा सिन्धुलीको जुनार पुर्याउन थालिएको ग्रीन ग्रोथका ढकाल बताउँछन् ।
सिन्धुलीको जुनार, जुम्लाको स्याउ, मुस्ताङको स्याउ भनेर बजारीकरण गर्ने प्रचलन पनि छ। यसलाई प्रविधिसँग जोड्दा झनै सजिलो हुने अनुभव उनले देखापढीलाई सुनाए।
“पहिलोपटक सिन्धुलीको जुनारमा एग्रीक्लेयर सफ्टवेयरबाट ट्रेसिङ गर्दैछौं, यो ब्लकचेनमा आधारित सफ्टेवेयर हो”, उनले भने, “उपभोक्ताले आफूले खरिद गरेको जुनारबारे सबै डाटा थाहा हुने भएकाले उत्पादनको विश्वसनियता बढाउनेछ, फ्रेस र मूल्य अनुसारको फल पनि सजिलै पाइनेछ।”
मोबाइलमा ‘क्यूआर स्क्यानर’ एप डाउनलोड गरेर जुनारसँगै दिइएको कोडलाई स्क्यान गर्दा सबै डाटा उपलब्ध हुन्छ। उनी भन्छन्, “सिन्धुलीको चिसापानी जुनार उत्पादन सहकारी संस्थासँग आबद्ध ३४ वटा बगैँचामा फलेका जुनारमा यस्तो प्रविधि जडान गरिएको छ।”
कसको बगैँचा, कुन जातको, कुन सहकारीले सहजीकरण गरिरहेको छ ? जुनार कहिले, कुन मितिमा टिपियो ? सिन्धुलीको फार्मबाट काठमाडौं कहिले आइपुग्यो ? कति दूरीको यात्रा तय गरेर उपभोक्ताको हातमा पुग्यो ? यी सबै तथ्यांकहरू हेर्न मिल्नेछ। “यसअघि सिन्धुलीको जुनार खाए/नखाएको विश्वास गर्ने अवस्था थिएन, चुनौती थियो, त्यसलाई हामीले चिर्न सफल भएका छौं”, उनले थपे।
“जुनारमा कीरा भेटियो, त्यसो भए कसको बगैँचाको जुनार रहेछ भनेर खोजी गर्न सजिलो हुन्छ, फिर्ता पनि गर्न मिल्छ,” उनले भने, “उपभोक्ताको विश्वासका लागि मिहिनेत गरिरहेका छौं ।”
किसानले पनि कुन बजारमा उत्पादन खपत भएको, कुन उपभोक्ताले उपभोग गरेको ? सबै थाहा हुन्छ। यसले किसानलाई प्रत्यक्ष फाइदा पुग्ने उनको विश्वास छ।
यो वर्ष बगैंचामा कति उत्पादन हुन्छ, कति बजारीकरण गर्नुपर्छ ? किसानलाई पूर्वतयारी गर्न पनि अवसर मिल्ने ग्रीन ग्रोथका ढकालले स्पष्ट पारे।
“यी तथ्यहरूबाट किसानले सरकारबाट अनुदान पाउँछन् नै, बीमा गरेर पनि फाइदा लिइरहेका छन्”, उनले भने, “यसले गुणस्तरमा पनि एकरूपता ल्याउन सक्छ।”
यसको प्रभावकारिता कस्तो छ ?
केही वर्ष अघिदेखि नै सिन्धुलीबाट जुनार काठमाडौं ल्याएर बेच्ने प्रयास गर्दै आइएको थियो। एकैपटक ल्याएर बेच्दा कति जुनार त बेकार भएर जान्थ्यो।
“अहिले जुनार उत्पादन सहकारी संस्थाले बनाएको क्यालेण्डरअनुसार सातामा दुई दिन टिप्ने र भण्डारण गर्न पनि कम खर्च लाग्छ”, ग्रीन ग्रोथका ढकाल भन्छन्, “ब्याचअनुसार टिप्दा उपभोक्तामाझ ताजा जुनार पुग्छ, यसरी यसको प्रभावकारिता बढ्दैछ ।”
सन् २०१५ को मध्यतिर जुम्लाको स्याउ, सिन्धुलीको जुनार, सप्तरीको आँपलाई प्रवर्द्धन गर्ने सैद्धान्तिक अवधारणा बोकेर ग्रीन ग्रोथको परिकल्पना गरियो। र, ग्रीन ग्रोथको मुख्य बजार सोसल मिडिया, फेसबुक, ट्विटर, अनलाइन हो।
ढकालले सम्झिँदै भन्छन्, “जुम्लाको स्याउ, सप्तरीको आँप आयो भनेर व्यवसाय गर्दा, जुम्लाकै हो त ?” भन्ने थुप्रै प्रश्नको सामना गर्नुपरेको ढकाल बताउँछन्।
हरेक पटक उपभोक्तालाई जवाफ दिनुको सट्टा प्रविधि जडानले सहजीकरण हुन सक्ने सोचाइले यो सम्भव भएको उनी बताउँछन्। ईसत्य र ग्रीन ग्रोथको सहकार्यमा जुनार ट्रयाकिङ सुरु गरिएको हो। उनले जुनारपछि अन्य उत्पादनमा पनि ट्रेसिङ गर्ने याेजना रहेको बताए।
" /> काठमाडाैं। सिन्धुलीको जुनार भन्नेबित्तिकै सबैको मन लोभ्याउँछ। नौलो फल भएर खाउँ-खाउँ पनि लाग्ने! तर, तपाईंले खाँदै गरेको जुनार सिन्धुलीकै हो त ? कसको र कुन बगैँचाको जुनार हो ? उपभोक्ताले कसरी थाहा पाउने ?अब ‘क्यूआर स्क्यान’गरेर ‘कुन जुनार कहाँको ?’ भनेर उपभोक्ताले विस्तृत थाहा पाउन सक्ने भएका छन्।

">