काठमाडौं। एप्पलले कान पुरै छोप्ने (ओभर द इयर) डिजाइनमा एयरपोड्स म्याक्स सार्वजनिक गरेको छ।
यसअघि कम्पनीले यो एयरपोड्स पनि आइफोन १२ सिरिजसँगै सार्वजनिक गर्ने खबर बाहिरिएको थियो।
तर, त्यसो नभएर अहिले आएर एप्पलले नयाँ एयरपोड्स सार्वजनिक गरेको छ। एप्पलले यो एयरपोड्स सार्वजनिक गर्न कुनै पनि इभेन्टको आयोजना गरेको थिएन। एप्पलका अनुसार यो ओभर इयर डिजाइनमा एयरपोड्स म्याक्समा एडप्टिभ इक्यूसहित एक्टिभ नोइज क्यान्सिलेसन फिचर पनि दिइएको छ।
एप्पल एयरपोड्स म्याक्समा एच१ चिप राखिएको छ। यसमा स्पाटियल अडिओ, ट्रान्सप्यारेन्सी मोड जस्ता एडभान्स्ड फिचर पनि दिइएको कम्पनीले दाबी गरेको छ।
एप्पल एयरपोड्स म्याक्सलाई पाँच प्रकारका रङमा तयार पारिएको छ। यो खैरो, आकाशे निलो, हरियो, सिल्भर र गुलाबी कलर भेरियन्टमा उपलब्ध हुनेछ। अमेरिकामा हिजोदेखि नै प्रि-बुकिङ सुरु भएको छ भने डिसेम्बर १५ देखि बिक्री सुरु हुने कम्पनीले बताएको छ।
अमेरिकामा यसको मूल्य ५४९ अमेरिकी डलर तोकिएको छ। त्यस्तै भारतमा ५९,९०० रूपैयाँ तोकिएको छ।