काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक र ज्योति लाइफ इन्स्योरेन्सले साधारण सेयर आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन्।
पूर्वाधार क्षेत्रमा लगानी गर्न स्थापना भएको इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब रूपैयाँ बराबरको आठ करोड कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति मागेको छ।
यस्तै जीवन बीमा कम्पनी ज्योति लाइफले ६६ करोड रूपैयाँको ६६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको बोर्डले जानकारी दिएको छ।
इन्फ्रास्ट्रक्चर बैंकको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल तथा ज्योति लाइफको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल छन्।
" /> काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक र ज्योति लाइफ इन्स्योरेन्सले साधारण सेयर आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन्।पूर्वाधार क्षेत्रमा लगानी गर्न स्थापना भएको इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब रूपैयाँ बराबरको आठ करोड कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति मागेको छ।

">