काठमाडौं। युट्युबले भिडिओ अपलोड गर्दा २०१६ मा नै (हाइ-डाइनामिक-रेञ्ज) एचडीआर सपोर्ट दिएको थियो।
यसको प्रयोगबाट भिडिओ निर्माताहरूले उच्च कन्ट्रास्ट, सुहाउँदो छायाँ, हाइलाइट, रङ संयाेजन र समग्रमा राम्रो क्वालिटीसहित भिडिओ अपलोड गर्दै आएका थिए।
मंगलबार कम्पनीले सोही एचडीआर फिचर अब प्रत्यक्ष प्रशारणमा पनि दिने घोषणा गरेको छ।
सपोर्टेड इन्कोडरका प्रयोगकर्ताले यो फिचरको प्रयोग गर्न पाउनेछन् भने पछिल्ला आधुनिक स्मार्टफोन र एचडीआरको क्षमता भएका टिभी वा अन्य डिभाइस यसको अनुभव गर्न सकिनेछ।
गुगलको आफ्नै क्रोमकास्टले पनि एचडीआर कन्टेन्ट सपोर्ट गर्ने भएको छ।
कम्पनीले यसअघि २०१७ मा नै एन्ड्रोइड मोबाइलमा एचडीआर प्लेब्याकको घोषणा गरेको थियो।
युट्युबमा एचडीआर सार्वजनिक हुँदा सुरुमा निश्चित केही च्यानललाई मात्रै यो सुविधा दिइएको छ। तर, यो सुविधा प्रयोग गर्न चाहने कन्टेन्ट क्रिएटरका लागि पनि यो छिट्टै उपलब्ध हुने कम्पनीले बताएको छ।
युट्युबले एचडीआरको प्रयोगले भिडिओ हेर्दाको अनुभवलाई अझ सुधार गर्ने बताएको छ।
" /> काठमाडौं। युट्युबले भिडिओ अपलोड गर्दा २०१६ मा नै (हाइ-डाइनामिक-रेञ्ज) एचडीआर सपोर्ट दिएको थियो।यसको प्रयोगबाट भिडिओ निर्माताहरूले उच्च कन्ट्रास्ट, सुहाउँदो छायाँ, हाइलाइट, रङ संयाेजन र समग्रमा राम्रो क्वालिटीसहित भिडिओ अपलोड गर्दै आएका थिए।

">