काठमाडौं। बासमती चामल आफ्नो देशमा मात्रै उत्पादन हुने भन्दै अन्तर्राष्ट्रिय बजारमा एकाधिकार जमाउने भारतको प्रयासविरुद्ध नेपालले दाबी विरोध गर्ने भएको छ।
भारतले आफ्नो देशको केही स्थानहरूमा मात्रै बासमती चामलको उत्पादन हुने भन्दै युरोपियत युनियन (ईयू)मा भौगोलिक संकेत दर्ताको लागि आवेदन दिएको थियो।
उक्त आवेदनको विरोधमा डिसेम्बर ११ सम्ममा दाबी विरोध गर्न ईयूले आफ्नो आधिकारिक जर्नलमार्फत् सूचना जारी गरेको थियो।
सोही सूचनाअनुसार बासमती चामल नेपालमा पनि उत्पादन हुन्छ भन्दै सरकारले दाबी विरोध गर्न लागेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले भारतको आवेदनविरुद्ध दाबी विरोध पेस गर्ने बताए। उनले भने, “हामीले प्रमाण जुटाएर भारतको दाबीविरुद्ध विरोध गर्ने निर्णय गरेका छौं।”
उनका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बासमती चामल नेपालमा उत्पादन हुँदै आएको छ भन्ने प्रमाण जुटाउने र ड्राफ्ट तयार पार्ने काम गरिरहेकाे छ।
एसियन पेटेन्ट एर्टोनिस एसोसिएशन नेपालका महासचिव गौरिसकृष्ण खरेलले भारतको दाबी विरुद्ध उद्योग विभागले लिएको पहल उत्साहजनक रहेको बताए।
उनले भने, “उद्योग विभागले पहल गर्याे र उद्योग र कृषि मन्त्रालयका अधिकारीहरूले पनि उत्साहजनकरूपमा काम गरेर भारतको दाबीको विरोध गर्ने निर्णय भएको छ।”
भारतले ईयूमा बासमती चामलको भौगोलिक संकेत दर्ता गरेको भए नेपाल लगायतका अन्य कुनै मुलुकले अन्तर्राष्ट्रिय बजारमा बासमती चामलको व्यापार गर्न पाउँदैनन्।
किनकी कुनै पनि वस्तुको भौगोलिक संकेत दर्ता भएपछि उक्त वस्तुको उत्पादन/निर्माण तोकिएको निश्चित स्थानभन्दा अन्य क्षेत्रमा हुँदैन भन्ने बुझिन्छ।
एक क्षेत्र/स्थानको विशेषा उत्पादन वा निर्माणका रूपमा दर्ता भएपछि अन्यत्र उत्पादन/निर्माण हुने सोही वस्तु भौगोलिक संकेत दर्ता भएको स्थानको नक्कलका रूपमा बुझिन्छ।
भारतको बाटो हुँदै निकासी गर्न समेत नपाइने र ईयूलाई बासमती चामलको ट्रान्जिट प्वाइन्ट बनाउँदा समेत भारतले कानुनी कारबाही गर्न सक्छ।
" /> काठमाडौं। बासमती चामल आफ्नो देशमा मात्रै उत्पादन हुने भन्दै अन्तर्राष्ट्रिय बजारमा एकाधिकार जमाउने भारतको प्रयासविरुद्ध नेपालले दाबी विरोध गर्ने भएको छ।भारतले आफ्नो देशको केही स्थानहरूमा मात्रै बासमती चामलको उत्पादन हुने भन्दै युरोपियत युनियन (ईयू)मा भौगोलिक संकेत दर्ताको लागि आवेदन दिएको थियो।

">