काठमाडौं। सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीहरूको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँगको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र उनीहरूको उपकरणको सुरक्षाको जिम्मा सरकारले लिने बताएका हुन्।
उनले निर्माण व्यवसायीहरूको सुरक्षा सवालमा प्रधानमन्त्री पनि चिन्तित रहेको जानकारी दिँदै निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मातहतको मन्त्रालयकातर्फबाट सरोकारवाला अन्य निकायसँग छलफल गर्ने बताए।
छलफलका क्रममा मन्त्री श्रेष्ठलाई महासंघको टोलीले कोभिड-१९ ले व्यवसायमा पारेको प्रभाव, धरौटी रकम, निर्माण कार्यको म्याद थप, मुल्यवृद्धि नियन्त्रण, निर्माण सामाग्रीको उत्खननमा लगाइएको रोक, शान्ति सुरक्षा, बैंक ग्यारेण्टी तथा बिमा, क्रेडिटलाइन कमिसनलगायतका विषयमा मन्त्री जानकारी गराएको छ।
लामो समयसम्मको लकडाउनका कारण निर्माण कार्यहरू प्रायः बन्द रहेको र चाडपर्वपछि समेत निर्माण कार्य सुरू हुने निश्चित नभएको हुँदा त्यस अवधिसम्मको घरभाडा, बैंक किस्ता ब्याज, कर्मचारी तलब आदि ओभरहेडका खर्चहरूले व्यवसायी समस्यामा रहेको बताइएको छ।
" /> काठमाडौं। सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीहरूको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन्।नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँगको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र उनीहरूको उपकरणको सुरक्षाको जिम्मा सरकारले लिने बताएका हुन्।

">