काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रले 'बेबी वार्मर' अर्थात न्यानो नानी बनाएको छ। अस्पतालमा न्यानो गरी राख्नुपर्ने बच्चाका लागि आवश्यक पर्ने बेबी वार्मर बनाएको हो।
बायोमेडिकल इन्जिनियर सञ्जयबहादुर सिंह ठकुरीको नेतृत्वमा चारजनाले उक्त न्यानो झोला बनाएका हुन्। यसलाई इन्टरनेशनल इलेक्ट्रोटेक्निकल कमिसन (आईसी) को कोड अनुसार गुणस्तरीय बनाइएको केन्द्रका प्रमुख डा. महावीर पुनले जानकारी दिए।
पहिलो लटमा १२ वटा निर्माण गरिएको छ। ती न्यानो नानी ज्योति विकास बैंकले किनेर उनीहरूले छानेका स्वास्थ्य संस्थालाई वितरण गर्न लागिएको उनको भनाइ छ। त्यसका लागि बैंकले १० लाख रूपैयाँ केन्द्रलाई प्रदान गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा निकै महंगो पर्ने यो बेबी वार्मर केन्द्रले ४३ हजार रूपैयाँको लागतमा निर्माण गरेको हो।
भारतमा मात्र यसको मूल्य ७० हजार पर्छ त्यस्तै यूरोपमा डेढ लाखसम्म पर्ने यो वेवी वार्मरलाई केन्द्रले निकै कम लागतमा निर्माण गरेको पुनले बताए।
अन्य देशमा बनिसकेको वस्तुलाई केन्द्रले आफूले आविष्कार गरेको भन्न मिल्छ ? भन्ने प्रश्नमा डा. पुन भन्छन्, “यो आविष्कार नभएर ईनोभेशन अथवा रिजर्भ इन्जिनियरिङ भनिन्छ। बजारमा पाइने यस्तै सामानहरू हेरेर यसको डिजाइन गर्नुका साथै निर्माण गरिएको हो।”
सन् २०२३ सम्म नेपालका ५० प्रतिशत बर्थिङ सेन्टरमा न्यानो नानी वितरण गर्ने योजना केन्द्रको छ। बर्थिङ सेन्टरमा तापक्रम नहुँदा बच्चा तथा आमा दुवैको ज्यान जोखिममा पर्ने गरेको भन्दै केन्द्रले यस्तो योजना अघि सारेको पुनको भनाइ छ।
१८ महिनाको प्रयासपछि यसले पूर्णता पाएको हो। केन्द्रको काम नयाँ आविष्कार गर्ने मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पाइने सामानहरूलाई स्वदेशमै कम लागतमा निर्माण गर्नु पनि रहेको उनले बताए।
“बजारमा पाइने महंगो सामानलाई हामीले नै निर्माण गर्न सक्यौं भने त्यसलाई सस्तो पनि किन्न पाइन्छ। अर्कोतिर विदेशी सामानहरूको आयात घटाउन पनि सहयोग पुग्छ”, उनले भने।
केन्द्रले कोरोना महामारीलाई लक्षित गरेर थुप्रै सामानहरू निर्माण गर्दै आएको छ। महामारी लक्षित गरेर बनाइएका सामानहरू केन्द्रले निःशुल्क वितरण गर्दै आएको छ।
" /> काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रले 'बेबी वार्मर' अर्थात न्यानो नानी बनाएको छ। अस्पतालमा न्यानो गरी राख्नुपर्ने बच्चाका लागि आवश्यक पर्ने बेबी वार्मर बनाएको हो।बायोमेडिकल इन्जिनियर सञ्जयबहादुर सिंह ठकुरीको नेतृत्वमा चारजनाले उक्त न्यानो झोला बनाएका हुन्। यसलाई इन्टरनेशनल इलेक्ट्रोटेक्निकल कमिसन (आईसी) को कोड अनुसार गुणस्तरीय बनाइएको केन्द्रका प्रमुख डा. महावीर पुनले जानकारी दिए।

">