२०२० मा सबैभन्दा धेरै इन्टरनेटमा के खोजियो ?

काठमाडौं। दुनियाँको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलले यो वर्षको 'इअर इन सर्च' जारी गरेको छ। जसमा यो वर्ष सबैभन्दा धेरै इन्टरनेटमा के खोजियो भन्ने कुरा पनि गुगलले बताएको छ।

गुगलले ग्लोबल टप ट्रेन्ड्रिङमा 'कोरोनाभाइरस' रहेको बताएको छ। यसपछि विश्वभरका मानिसले गुगलमा 'इलेक्सन रिजल्ट', 'कोबे ब्रायन्ट', 'जुम' र आईपीएल सर्च भएको बताएको छ।

न्युज इभेन्टको हकमा लिडिङ ट्रेन्डमा कोरोनाभाइरस, इलेक्सन रिजल्ट, ईरान, बेरुत र हान्ताभाइरस रहे। कलाकारहरूमा भने टम हन्क्स, ज्याक्विन फोनिक्स, अमिताभ बच्चन, रिकी गर्भाइस र जाडा पिन्केट स्मिथ शीर्ष स्थानमा छन्।

त्यस्तै सर्वाधिक सर्च भएका खेलहरूमा अमोङ्ग अस, फल गाइज: अल्टिमेट नकआउट, भालोरान्ट, गेन्सिन इम्प्याक्ट र दी लास्ट अस २ परेका छन्।

यो वर्ष धेरै चर्चित व्यक्तिको मृत्यु भयो त कोही मृत्युका कारण चर्चामा रहे। तर गुगलमा सर्वाधिक सर्च भएका मानिस सूचीमा कोबे ब्रायन्ट, नाया रिभेरा, चाड्विक बोसेम्यान, सुशान्तसिंह राजपुत र जर्ज फ्लोएड शीर्ष स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्