कोभिड-१९ को भार बैंकिङ क्षेत्रले थेगेका छन् : पवन गोल्यान
काठमाडौं। उद्योगी पवन गोल्यानले कोभिड-१९ ले नेपालको अर्थतन्त्रमा ल्याएको भार बैंकिङ क्षेत्रले थेगेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभामा बोल्दै उनले महामारीले अर्थतन्त्रमा निम्त्याएको संकट बैंकहरूले थेगेको बताएका हुन्।

बैंक तथा वित्तीय परिसंघ संस्थाका अध्यक्ष समेत रहेका गोल्यानले महामारीको समयमा अर्थतन्त्रको भार लिए पनि सबैले बैंक तथा वित्तीय संस्थालाई गाली गर्ने गरेको बताए।

उनले भने, “नेपालका सबै वित्तीय कम्पनीहरू पारदर्शी हिसाबले काम गर्छन्। तर, पनि सबैले यही क्षेत्रलाई गाली गर्ने गर्छन्।”

यस्तै बैंक तथा वित्तीय संस्था क्षेत्रको कानुन बनाउँदा यही क्षेत्रसँगको सहकार्यमा बनाउँदा कार्यान्वयमा सहजता तथा प्रभावकारी देखिने उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्