काठमाडौं। अनलाइन सपिङ साइट ग्यापु मार्केट प्लेसले आज १२:१२ लाइभसेल गर्दैछ।
दिउँसो १२ बजेदेखि सुरु हुने यो सेल नेपालकै पहिलो लाइभ सेल हुने ग्यापुका डिजिटल मार्केटिङ अफिसर अनुप पाण्डेले बताए।
दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म चल्ने यो सेलमा प्रत्येक घण्टा छुट्टाछुट्टै प्रकारका सामान सेलमा राखिने र ती सामानहरूमा ७० प्रतिशतसम्म छुट प्रदान गरिने अफिसर पौडेलले देखापढीलाई जानकारी दिए।
"प्रत्येक घण्टा सेलमा राखिने प्रोडक्टको बारेमा जानकारी दिन हामी फेसबुक पेजमा पनि १२ मिनेटका लागि लाइभ आउने छौं," उनले भने, "ग्राहकले भारी छुटसहित अनलाइन पेमेन्ट प्लेटफर्महरू- प्रभु पे, फोन पे, सेल पे, आइएमई पे, खल्ती, इसेवा र कनेक्ट आईपीएसबाट पनि भुक्तानी गरेर सामान खरिद गर्न सक्नेछन्।"
यसका साथै क्रेडिट तथा डेबिट कार्ड स्वाइप गरेर वा 'क्यास अन डेलिभरी' गरेर पनि सामान खरिद गर्न पाउने उनले जानकारी दिए। ग्राहकले वेबसाइटमा उक्त घण्टा सेलमा राखिएको सामानसँगै अन्य सामग्री पनि किन्न पाउने छन्।
" /> काठमाडौं। अनलाइन सपिङ साइट ग्यापु मार्केट प्लेसले आज १२:१२ लाइभसेल गर्दैछ।दिउँसो १२ बजेदेखि सुरु हुने यो सेल नेपालकै पहिलो लाइभ सेल हुने ग्यापुका डिजिटल मार्केटिङ अफिसर अनुप पाण्डेले बताए।

">