काठमाडौं। अमेरिकी मल्टिनेसनल टेक्नोलोजी कम्पनी एप्पलको बहुप्रतिक्षित स्मार्टफोन सिरिज आइफोन-१२ को हिजोदेखि नेपालमा बिक्री सुरु भएको छ, तर यसअघि बताइएअनुसार यो सिरिजका सबै स्मार्टफोन भने बजारमा आएका छैनन्।
“हिजोदेखि नै हामीले आइफोन-१२ सिरिजको बिक्री सुरु गरिसकेका छौँ,” एप्पलको आधिकारिक बिक्रेता ओलिज स्टोरका प्रबन्ध निर्देशक लोकेश ओलीले भने, “तर यो सिरिजका सबै स्मार्टफोन बजारमा आएका छैनन्। अहिले आइफोन-१२ को मात्रै बिक्री भइरहेको छ।”
कोरोना भाइरसको महामारीले निम्त्याएको विश्वव्यापी लकडाउनका कारण ग्लोबल मार्केटमै एक महिना ढिलो लञ्च भएको आइफोन-१२ सिरिज विश्व बजारमै कम मात्रामा उपलब्ध भइरहेको छ। भलै, यो सिरिज अक्टोबर १३ मा लञ्च भएको हो तर अहिले विश्वभर नै एप्पलका नयाँ प्रोडक्टहरूको माग धेरै र आपूर्ति कम छ।
“विश्व बजारमै अहिले एप्पलका प्रोडक्टहरूको माग धेरै र आपूर्ति कम भइरहेको छ,” प्रबन्ध निर्देशक ओली भन्छन्, “त्यसमाथि हाम्रो देशमा आफ्नै स्टोर नभएकाले पनि ढिलो हुन गएको हो, तर २५ डिसेम्बरदेखि सबै मोडेलका फोनहरू नेपाली बजारमा पनि उपलब्ध हुनेछन्।”
उच्च वर्गलाई लक्षित गरेर स्मार्टफोन निर्माण गर्ने एप्पलले नेपालमा सीमित बजार भएकाले आफ्नै स्टोर खोलेको छैन र त्यसको सट्टामा नेपालमा एप्पलको आधिकारिक बिक्रेता जेन नेक्स्ट कम्युनिकेसन प्रालिले एप्पलका उत्पादनहरू नेपाल भित्र्याएर रिसेलर स्टोरहरू (ओलिज स्टोर र इभो स्टोर)मार्फत् बिक्री गरिरहेको छ।
तर आधिकारिक वितरक जेन नेक्स्टका सेल्स एक्जुकेटिभ उदय बज्राचार्य भने आइफोन-१२ र आइफोन-१२ प्रो पनि आइपुगेको र त्यसको बिक्री पनि सुरु भएको बताउँछन्।
“हामीले डिसेम्बर ११ देखि नै रिसेलर स्टोरमा सबै मोडेल्स बिक्री गर्ने योजना बनाएका थियौँ, तर सामान हिजो (शुक्रबार) बेलुका मात्रै सामान आइपुग्यो र सायद हिजो बेलुकाबाटै वा आजदेखि सुरु बिक्री सुरु भएको छ,” जेन नेक्स्टका सेल्स एक्जुकेटिभ उदय बज्राचार्यले भने, “पहिलो चरणमा आइफोन-१२ र आइफोन-१२ प्रो मात्रै आयो र स्टोरमा पनि गइसक्यो। २४ डिसेम्बरसम्म सबै मोडेल आउने र स्टोरमा उपलब्ध हुनेछन्।”
सबै मोडेल नआउनुमा ओलिजका प्रबन्ध निर्देशक र जेन नेक्स्टका सेल्स एक्जुकेटिभको फरक बुझाइ छ। दुईवटा मोडेल मात्रै आउनुको कारण विश्वभर नै माग धेरै र आपूर्ति कम भएको ओलिजका प्रबन्ध निर्देशक ओली बताउँछन्। तर “लञ्च गर्दा सुरुमा आइफोन-१२ र आइफोन-१२ प्रो एकसाथ लञ्च गरिएको” र “आइफोन-१२ मिनी र आइफोन-१२ प्रो म्याक्स एकसाथ लञ्च गरिएकाले पनि सुरुमा ती दुई मोडेल आएको” जेन नेक्स्टका सेल्स एकजुकेटिभ बज्राचार्यको बुझाइ छ।
तर आधिकारिक वितरक र बिक्रेता दुवैले २५ डिसेम्बरदेखि सबै मोडेल बिक्री हुने बताएकाले अबको १३ दिनपछि आइफोन-१२, आइफोन-१२ प्रो, आइफोन-१२ मिनी र आइफोन-१२ प्रो म्याक्स नेपाली बजारमा उपलब्ध हुनेमा आशावादी हुन सकिन्छ।
पहिलो चरणमा दुबै मोडेल (आइफोन-१२ र आइफोन-१२ प्रो) गरी करिब ६०० देखि ७०० को संख्यामा आइफोन भित्रिएको जेन नेक्स्टका सेल्स एक्जुकेटिभ बज्राचार्यले जानकारी दिए।
इभो स्टोरले अहिले नेपालमा १ लाख ३३ हजार ९०० रूपैयाँभन्दा माथि आइफोन-१२ उपलब्ध रहेको बताएको छ।
इभो स्टोरमा
ओलिज स्टोरमा
यी दुवै आधिकारिक बिक्रेता स्टोरको अनलाइनसँगै अनलाइन सपिङ साइटहरू दराज र सस्तोडिलबाट पनि आइफोन-१२ सिरिजका उपलब्ध फोनहरू किन्न सकिनेछ।
यी हुन् एप्पलको पछिल्लो स्मार्टफोन सिरिज आइफोन-१२ चार वटा आइफोन
आइफोन-१२ र आइफोन-१२ मिनी
यी आइफोन-१२, आइफोन-१२ मिनी, दुवै मोडलमा एप्पलको ए १४ बायोनिक प्रोसेसरको प्रयोग गरिएको छ। यो ५ एनएम प्रोसेस बेस्ड चिप हो र पफर्मेन्सका आधारमा यसलाई ए १३ भन्दा राम्रो मानिन्छ।
यी नयाँ आइफोनमा एडभान्स्ड टेक्नोलोजीसँगै नोस्टाल्जिया पनि थपिएको छ। किनभने, यी दुई मोडल पहिलेका आइफोन-५ र ५ एससँग मिल्दो-जुल्दो डिजाइनमा निकालिएको छ।
स्पेसिफिकेसन्स
डिस्प्ले – यसमा १२०० निट्स पिक ब्राइटनेसको साथमा ६।१ इञ्च सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले दिइएको छ।
प्रोसेसर – यसमा ए १४ बायोनिक प्रोसेसर छ। यो ५ एनएम चिपसेट राम्रो पफर्मेन्स दिने प्रोसेसर हो। साथै यसले ५ जी पनि सपोर्ट गर्छ।
रियर क्यामेरा – यसमा डुअल क्यामरा सेटअप दिइएको छ। यसमा एउटा रियर १२ मेगापिक्सलको वाइड एंगल क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रा-वाइड एंगल क्यामेरा राखिएको छ।
सफ्टवेयर – आइओएस १४
कलर भेरियन्ट – यो नयाँ आइफोन कालो, सेतो, रातो र निलो कलरमा उपलब्ध हुनेछ।
एप्पलले यो वर्ष सार्वजनिक भएका नयाँ मोडलका लागि म्यागसेफ वायरलेस चार्जिङ सिस्टम पनि समावेश गरेको छ।
आइफोन-१२ मिनीमा ५.४ इञ्च स्क्रिन, ५ जी सपोर्ट, ए १४ बायोनिक प्रोसेसर, ओएलइडी स्क्रिन, लो-लाइटका लागि नयाँ क्यामेरा, आइओएस १४, १२ मेगापिक्सल डुअल क्यामेरा सेटअप र म्यागसेफ चार्जिङ सपोर्ट दिइएको छ।
आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स दुवै मोडलमा ५ जी सपोर्ट दिइएको छ। आइफोन-१२ प्रोमा ६.१ इञ्चको ओलेड डिस्प्ले छ र आइफोन-१२ प्रो म्याक्समा ६.७ इञ्चको ओलेड डिस्प्ले नै राखिएको छ। यी दुवै मोडलमा डिस्प्लेको साइज फरक छ।
आइफोन-१२ प्रो मोडलमा स्टिलको डिजाइन छ, जबकि आइफोन-१२ मा आलुमिनियमको प्रयोग गरिएको छ। आइफोन-१२ प्रो चार कलर भेरियन्टमा उपलब्ध हुनेछ – ग्रे, स्टेनलेस स्टिल, गोल्ड र ब्लू।
आइफोन-१२ सिरिजका सबै स्मार्टफोन्समा एप्पल ए १४ बायोनिक चिप दिइएको छ। कम्पनीका अनुसार कुनै पनि स्मार्टफोनमा दिइएकामध्ये सबैभन्दा छिटो र उत्कृष्ट पर्फर्मेन्स दिने प्रोसेसर हो।
एप्पल ए १४ बायोनिक पहिलो मोबाइल प्रोसेसर हो, जुन ५ एनएम प्रोसेसबाट बनाइएको छ। यसमा ६ सीपीयू कोर र ४ जीपीयू कोर दिइएको छ।
एप्पलले यो चिपसेट अन्य कुनै स्मार्टफोन्समा भएकाभन्दा ५० प्रतिशत छिटो भएको दाबी गरेको छ।
आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्समा लिडार सेन्सर दिइएको छ। यो अग्मेन्टेड रियलिटी इफेक्ट्सका लागि प्रयोग गरिनेछ। कम प्रकाश भएको ठाउँमा फोटो खिच्नका लागि पनि यसको प्रयोग गर्न सकिनेछ।
आइफोन-१२ सिरिजको ड्युरेबिलिटी बढाउनका लागि एप्पलले सेरामिक शिल्ड टेकको प्रयोग गरेको छ। कम्पनीका अनुसार खल्तीबाट झर्यो भने पनि यो फुट्ने सम्भावना कम हुन्छ। अन्य कम्पनीको तुलनामा यो फोन दह्रो बनाएको कम्पनीले दाबी गरेको छ।
आइफोन-१२ प्रोमा ट्रिपल रियर क्यामेरा दिइएको छ। क्यामेरा मोड्युल आइफोन-११ प्रो जस्तै देखिन्छ। १२ मेगापिक्सेलको वाइड, टेलिफोटो र अल्ट्रावाइड क्यामेरा दिइएको छ।
एप्पलले यो मोबाइलको क्यामेराले कम प्रकाशमा पनि २६ प्रतिशत उत्कृष्ट फोटो खिच्नसक्ने बताएको छ।
आइफोन-१२ प्रो म्याक्समा दिइएको १२ मेगापिक्सेलको टेलिफोटो लेन्स हो, जसमा ६५ एमएम फोकल लेन्थ पनि छ। कम्पनीले भनेको छ – यसमा अप्टिकल इमेज स्टेबलाइजेसनको सपोर्ट छ र यो ८७ प्रतिशत कम प्रकाशमा पनि फोटो खिच्न सक्छ।
आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्सको साथमा मेगासेफ वायरलेस चार्जिङ चार्जिङ सिस्टम पनि समावेश गरिएको छ। यसअघि म्याग्नेट अट्याच्ड चार्जरको प्रयोग हुँदै आएको थियो, जसरी एप्पल वाच चार्ज गरिन्थ्यो, अब त्यसरी नै आइफोन पनि चार्ज गर्न सकिने भएको छ।
" /> काठमाडौं। अमेरिकी मल्टिनेसनल टेक्नोलोजी कम्पनी एप्पलको बहुप्रतिक्षित स्मार्टफोन सिरिज आइफोन-१२ को हिजोदेखि नेपालमा बिक्री सुरु भएको छ, तर यसअघि बताइएअनुसार यो सिरिजका सबै स्मार्टफोन भने बजारमा आएका छैनन्।“हिजोदेखि नै हामीले आइफोन-१२ सिरिजको बिक्री सुरु गरिसकेका छौँ,” एप्पलको आधिकारिक बिक्रेता ओलिज स्टोरका प्रबन्ध निर्देशक लोकेश ओलीले भने, “तर यो सिरिजका सबै स्मार्टफोन बजारमा आएका छैनन्। अहिले आइफोन-१२ को मात्रै बिक्री भइरहेको छ।”

">