ललितपुर। लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औ वार्षिक साधारणसभाले शनिबार अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिका उपाध्क्षमा हजुरी विष्ट, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा अमृतकुमार अर्याल निर्वाचित भएका छन्। चारवर्षे कार्यकालका लागि भएको निर्वाचनबाट सदस्यमा कदम जोशी प्रधान, भोलाकुमार श्रेष्ठ र आर्यासिंह भण्डारी निर्विरोध निर्वाचित भए।
यसैगरी लेखासमितिको संयोजकमा पुण्यप्रसाद पोखरेल र सदस्यहरुमा विद्यादेवी पाण्डे र तिमिला रञ्जित निर्वाचित भएको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिएका छन्।
कोरोना भाइरसको महामारीका कारण २५ जनाभन्दा बढी सेयर सदस्यलाई भेला नगर्न स्थानीय प्रशासनले निर्देशन गरेपछि संस्थाले मङ्सिर ११ देखि २६ गतेसम्म संस्थाको मुख्य कार्यालय तथा सदस्य सुविधा काउण्टरहरुमा सेयर सदस्यहरुको नामावली दर्ता गरेर प्रतिनिधिमुलक ढंगले साधारणसभामा आयोजना गरेको थियो।
दुई दशकअघि स्थापित सहकारीको सेयर सदस्य संख्या करिब २२ हजार पुगेको भण्डारीले जानकारी गराएका छन्। साधारणसभामा संस्थाका १७ जना ज्येष्ठ सेयर सदस्य र संस्थाका सर्वोत्कृष्ट तथा उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो। साथै, साधारणसभाले सेयर सदस्यहरुलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।
" /> ललितपुर। लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औ वार्षिक साधारणसभाले शनिबार अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।नवनिर्वाचित कार्यसमितिका उपाध्क्षमा हजुरी विष्ट, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा अमृतकुमार अर्याल निर्वाचित भएका छन्। चारवर्षे कार्यकालका लागि भएको निर्वाचनबाट सदस्यमा कदम जोशी प्रधान, भोलाकुमार श्रेष्ठ र आर्यासिंह भण्डारी निर्विरोध निर्वाचित भए।

">