काठमाडौं। नेपाली बजारका लागि अनौठो हुन सक्छ, ओखरको घडी। हातमा बाँध्ने घडीका ब्यान्डदेखि अन्य भाग पनि ओखरको काठबाटै बनेको देख्दा असामान्य लाग्नु स्वभाविक हो।
तर, अब यो अनौठो सुनिने ओखरको घडी नेपालीहरूको दैनिकी बन्न सक्छ। नेपाली बजारमा विस्तारै यसले आफ्ना हाँगा फैलाउँदै छ।
गएको तिहारमा पहिलोपटक नेपाली बजारमा ओखरको काठबाट बनेको घडी बिक्री सुरू गरिएको थियो।
सुन्दै अनौठो लाग्ने काम गर्दा पनि सामाजिक सञ्जाल तथा सीमित ग्राहकबाट पाएको प्रतिक्रियाले नेपाली ब्राण्ड ‘ओखर घडी’ ल्याउने कास कर्प प्रालिलाई उत्साहित बनाएको छ। त्यसैले त कम्पनीले यसको उत्पादन र बजार प्रवर्द्धनलाई विस्तार गर्ने योजना बनाएको छ।
“कच्चा पदार्थ विदेशबाट ल्याए पनि यो पूर्णरूपमा नेपाली कम्पनीले बजारमा ल्याएको नेपाली ब्राण्ड हो। तिहारमा पहिलोपटक बिक्री सुरू गर्दा हामीले देश विदेशबाट निक्कै उत्साहजनक प्रतिक्रिया पायौं,” कास कर्पका अध्यक्ष प्रकाश दाहाल भन्छन्, “वातावरणमैत्री सामानहरू उत्पादन गर्ने सोचअनुसार लामो समयदेखि गरेको गृहकार्यको फल हो ओखर घडी।”
वातावरणमैत्री कुनै नयाँ काम गर्ने सोचका साथ लागिरहँदा छलफलको क्रममा वालनटको घडीले ‘ओखर घडी’ उत्पादनको उपाय फुराएको थियो। “कुरा गर्दै जाँदा एकजना साथीले वालनटको घडीको प्रसंग ल्याए। त्यसपछि हामीले पनि ‘ओखर घडी’ बनाउने अठोट गर्यौं,” दाहालले भने।
नेपाली समाजमा भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिने मसलामा ओखरको महत्त्वपूर्ण उपस्थिति हुन्छ। त्यसैले तिहारसँग जोड्दै कास कर्पले दाजुभाइ–दिदीबहिनीबीचमा उपहार आदानप्रदान गर्न आकर्षक होला भन्ने आशाका साथ तिहारमा यसको बिक्री सुरू गरेको थियो।
तिहारको बेला एउटा घडीको मूल्य चार हजार ९९९ रूपैयाँ राखिएको थियो। तत्काललाई मूल्य बढाइएको छैन। ग्राहकले आफ्नो उत्पादन मन पराउने हुन् कि होइनन् भन्ने अन्योल चिर्नुमात्र प्रारम्भिक उद्देश्य थियो। ग्राहकले ‘ओखर घडी’लाई खुब मन पराएको कम्पनीले अनुभव गरिसकेको छ। त्यसैले अब नयाँ खालको बजार रणनीतिका साथ प्रस्तुत हुने योजना बनिरहेको छ।
‘ओखर घडी’ मात्र भन्दा ग्राहकमा विभिन्न खाले अन्योल रहेको भने कास कर्पले अनुभव गरेको थियो। त्यही कारण नेपाली बजारमा नवीनतम सोचका साथ अघि बढ्ने क्रममा अहिले सबभन्दा बढी ग्राहकको त्यही अन्योल चिर्ने काममा कम्पनी लागेको छ।
“यो घडी ओखरको काठले बनेको हो। काठको भए पनि यसमा गरिएको विशेष खालको पोलिसका कारण पानीमा पर्दा कुनै समस्या हुँदैन। जति प्रयोग गर्यो, पोलिस झन् चम्किँदै जान्छ,” दाहालले देखापढीसँग भने।
" /> काठमाडौं। नेपाली बजारका लागि अनौठो हुन सक्छ, ओखरको घडी। हातमा बाँध्ने घडीका ब्यान्डदेखि अन्य भाग पनि ओखरको काठबाटै बनेको देख्दा असामान्य लाग्नु स्वभाविक हो।तर, अब यो अनौठो सुनिने ओखरको घडी नेपालीहरूको दैनिकी बन्न सक्छ। नेपाली बजारमा विस्तारै यसले आफ्ना हाँगा फैलाउँदै छ।

">