काठमाडौं। रामेश्वरप्रसाद यादव। उमेर ६०। रामनगर गाउँपालिका। यो चिनारी हो, सर्लाही जिल्लामा विगत २० वर्षदेखि उखु खेती गर्दै आएका किसानको, जसले चार वर्ष उखु बेचेको पैसा पाएका छैनन्।

अन्नपूर्ण सुगर मिलले चार वर्षअघिसम्म उखु बेचेको एक लाख ७२ हजार पैसा नदिएपछि अन्य किसानजस्तै उनी पनि माइतीघर आएका छन्।

आफूले दिनरात नभनी दुःख गरेर लगाएको उखु बेचेको पैसा वर्षाैंदेखि नपाएपछि उखु खेती गर्न लिएको ऋण बढेर पाँच लाख पुगिसक्यो उनको।

“खेती गर्न लिएको ऋण बढेर पाँच लाख उपर गइसक्यो। उद्योगको साहुले अहिलेसम्म पैसा दिएको छैन,” उनी भन्छन्, “खेती बेचेर ऋण तिरौंला भन्ने थियो। पैसा पाउनै वर्षैंपिच्छे आन्दोलन गर्नुपरिहेको छ।”

सर्लाहीमा आठजनाको परिवार रहेका उनले अन्नपूर्णलाई ३२४ क्विन्टल उखु बेचेका थिए। त्यो पैसा नपाएको चार वर्ष भइसकेको छ।

यो वर्षजस्तै अघिल्लो वर्षमा पनि उनी माइतीघरको चिसोमा उखु किसानको आन्दोलन तताउन आएका थिए।

उद्योगमन्त्री लेखराज भट्टको पहलमा भएको किसान–उद्योगी–मन्त्रालयबीच त्रिपक्षीय सहमतिपछि गत वर्ष ३५ हजार पाए यादवले।

“तर, त्योबाहेक अन्य पैसा पाउने टुङ्गो छैन। त्यही भएर फेरि आन्दोलन गर्न आएको हो”, उनले भने, “तर हामीलाई थाहा छ। योपटक पनि सबै मिलेर हाम्रा आँखामा छारो हाल्ने प्रयास गर्नेछन्।”

पैसा पाइन्छ भन्ने आश नभए पनि पाउनुपर्ने पैसाको माया मार्न नसकेकाले आन्दोलनका लागि पाँच हजार ऋण लिएर संघीय राजधानी हानिएका हुन् उनी।

“गत वर्ष झुक्याएर पठाए। यो वर्ष पैसा नलिई जाँदैनौं। बरु यही काठमाडौंको चिसोमा मर्छौं”, यादवले भने, “पैसा नपाए हामीहरूको ज्यान जान्छ।”

२० वर्षदेखि उखुको खेती गर्न लागेका उनले खेती नगरे पनि अन्य क्षेत्रमा लाग्न नसक्ने बताउँछन्।

धेरै वर्षदेखि दुई बिघा जमिनमा उखु लाउँदा त्यो खेतमा अन्य खेती नहुने भएकाले थप पीडा उनको आँखामा देखिन्छ।

" /> काठमाडौं। रामेश्वरप्रसाद यादव। उमेर ६०। रामनगर गाउँपालिका। यो चिनारी हो, सर्लाही जिल्लामा विगत २० वर्षदेखि उखु खेती गर्दै आएका किसानको, जसले चार वर्ष उखु बेचेको पैसा पाएका छैनन्।

अन्नपूर्ण सुगर मिलले चार वर्षअघिसम्म उखु बेचेको एक लाख ७२ हजार पैसा नदिएपछि अन्य किसानजस्तै उनी पनि माइतीघर आएका छन्।

आफूले दिनरात नभनी दुःख गरेर लगाएको उखु बेचेको पैसा वर्षाैंदेखि नपाएपछि उखु खेती गर्न लिएको ऋण बढेर पाँच लाख पुगिसक्यो उनको।

“खेती गर्न लिएको ऋण बढेर पाँच लाख उपर गइसक्यो। उद्योगको साहुले अहिलेसम्म पैसा दिएको छैन,” उनी भन्छन्, “खेती बेचेर ऋण तिरौंला भन्ने थियो। पैसा पाउनै वर्षैंपिच्छे आन्दोलन गर्नुपरिहेको छ।”

सर्लाहीमा आठजनाको परिवार रहेका उनले अन्नपूर्णलाई ३२४ क्विन्टल उखु बेचेका थिए। त्यो पैसा नपाएको चार वर्ष भइसकेको छ।

यो वर्षजस्तै अघिल्लो वर्षमा पनि उनी माइतीघरको चिसोमा उखु किसानको आन्दोलन तताउन आएका थिए।

उद्योगमन्त्री लेखराज भट्टको पहलमा भएको किसान–उद्योगी–मन्त्रालयबीच त्रिपक्षीय सहमतिपछि गत वर्ष ३५ हजार पाए यादवले।

“तर, त्योबाहेक अन्य पैसा पाउने टुङ्गो छैन। त्यही भएर फेरि आन्दोलन गर्न आएको हो”, उनले भने, “तर हामीलाई थाहा छ। योपटक पनि सबै मिलेर हाम्रा आँखामा छारो हाल्ने प्रयास गर्नेछन्।”

पैसा पाइन्छ भन्ने आश नभए पनि पाउनुपर्ने पैसाको माया मार्न नसकेकाले आन्दोलनका लागि पाँच हजार ऋण लिएर संघीय राजधानी हानिएका हुन् उनी।

“गत वर्ष झुक्याएर पठाए। यो वर्ष पैसा नलिई जाँदैनौं। बरु यही काठमाडौंको चिसोमा मर्छौं”, यादवले भने, “पैसा नपाए हामीहरूको ज्यान जान्छ।”

२० वर्षदेखि उखुको खेती गर्न लागेका उनले खेती नगरे पनि अन्य क्षेत्रमा लाग्न नसक्ने बताउँछन्।

धेरै वर्षदेखि दुई बिघा जमिनमा उखु लाउँदा त्यो खेतमा अन्य खेती नहुने भएकाले थप पीडा उनको आँखामा देखिन्छ।

"> ‘पोहोर झुक्याएर पठाए, अब पैसा नलिई जान्नौं बरु यहीँ मर्छौं’: Dekhapadhi
‘पोहोर झुक्याएर पठाए, अब पैसा नलिई जान्नौं बरु यहीँ मर्छौं’
काठमाडौं। रामेश्वरप्रसाद यादव। उमेर ६०। रामनगर गाउँपालिका। यो चिनारी हो, सर्लाही जिल्लामा विगत २० वर्षदेखि उखु खेती गर्दै आएका किसानको, जसले चार वर्ष उखु बेचेको पैसा पाएका छैनन्।

अन्नपूर्ण सुगर मिलले चार वर्षअघिसम्म उखु बेचेको एक लाख ७२ हजार पैसा नदिएपछि अन्य किसानजस्तै उनी पनि माइतीघर आएका छन्।

आफूले दिनरात नभनी दुःख गरेर लगाएको उखु बेचेको पैसा वर्षाैंदेखि नपाएपछि उखु खेती गर्न लिएको ऋण बढेर पाँच लाख पुगिसक्यो उनको।

“खेती गर्न लिएको ऋण बढेर पाँच लाख उपर गइसक्यो। उद्योगको साहुले अहिलेसम्म पैसा दिएको छैन,” उनी भन्छन्, “खेती बेचेर ऋण तिरौंला भन्ने थियो। पैसा पाउनै वर्षैंपिच्छे आन्दोलन गर्नुपरिहेको छ।”

सर्लाहीमा आठजनाको परिवार रहेका उनले अन्नपूर्णलाई ३२४ क्विन्टल उखु बेचेका थिए। त्यो पैसा नपाएको चार वर्ष भइसकेको छ।

यो वर्षजस्तै अघिल्लो वर्षमा पनि उनी माइतीघरको चिसोमा उखु किसानको आन्दोलन तताउन आएका थिए।

उद्योगमन्त्री लेखराज भट्टको पहलमा भएको किसान–उद्योगी–मन्त्रालयबीच त्रिपक्षीय सहमतिपछि गत वर्ष ३५ हजार पाए यादवले।

“तर, त्योबाहेक अन्य पैसा पाउने टुङ्गो छैन। त्यही भएर फेरि आन्दोलन गर्न आएको हो”, उनले भने, “तर हामीलाई थाहा छ। योपटक पनि सबै मिलेर हाम्रा आँखामा छारो हाल्ने प्रयास गर्नेछन्।”

पैसा पाइन्छ भन्ने आश नभए पनि पाउनुपर्ने पैसाको माया मार्न नसकेकाले आन्दोलनका लागि पाँच हजार ऋण लिएर संघीय राजधानी हानिएका हुन् उनी।

“गत वर्ष झुक्याएर पठाए। यो वर्ष पैसा नलिई जाँदैनौं। बरु यही काठमाडौंको चिसोमा मर्छौं”, यादवले भने, “पैसा नपाए हामीहरूको ज्यान जान्छ।”

२० वर्षदेखि उखुको खेती गर्न लागेका उनले खेती नगरे पनि अन्य क्षेत्रमा लाग्न नसक्ने बताउँछन्।

धेरै वर्षदेखि दुई बिघा जमिनमा उखु लाउँदा त्यो खेतमा अन्य खेती नहुने भएकाले थप पीडा उनको आँखामा देखिन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्