काठमाडौं। सोमबार साँझ देखिएको गुगल सर्भिसको समस्या कुनै पनि किसिमको साइबर आक्रमण नभएको कम्पनीले बताएको छ। सोमबार साँझ करिब एक घण्टाको समय गुगलका जिमेल, ड्राइभ, म्याप्स र युट्युब विश्वभर डाउन भएका थिए।
विश्वभर एकैपटक त्यति धेरै सर्भिसमा समस्या देखिएपछि प्रयोगकर्ता सामाजिक सञ्जालमा खनिएर साइबर आक्रमणको आशंकासमेत गरेका थिए। तर, सर्भिसमा देखिएको समस्या साइबर आक्रमणका कारण नभई अकाउन्टिङ सिस्टमको खराबीका कारण भएको बताइएको छ।
"डिसेम्बर १४ मा गुगलमा अथेन्टिकेसन सिस्टम आउटेज देखिएको र ४५ मिनेट जति सर्भिसमा समस्या देखिएको थियो," गुगलका प्रवक्ताले भनेका छन्।
" /> काठमाडौं। सोमबार साँझ देखिएको गुगल सर्भिसको समस्या कुनै पनि किसिमको साइबर आक्रमण नभएको कम्पनीले बताएको छ। सोमबार साँझ करिब एक घण्टाको समय गुगलका जिमेल, ड्राइभ, म्याप्स र युट्युब विश्वभर डाउन भएका थिए।विश्वभर एकैपटक त्यति धेरै सर्भिसमा समस्या देखिएपछि प्रयोगकर्ता सामाजिक सञ्जालमा खनिएर साइबर आक्रमणको आशंकासमेत गरेका थिए। तर, सर्भिसमा देखिएको समस्या साइबर आक्रमणका कारण नभई अकाउन्टिङ सिस्टमको खराबीका कारण भएको बताइएको छ।
"डिसेम्बर १४ मा गुगलमा अथेन्टिकेसन सिस्टम आउटेज देखिएको र ४५ मिनेट जति सर्भिसमा समस्या देखिएको थियो," गुगलका प्रवक्ताले भनेका छन्।
">