सिफारिस
सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले उखु किसानहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले माइतीघरमा पुगेर आन्दोलनरत उखु किसानहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्।

उनले सरकारले चिनी उद्योगीहरूमार्फत् किसानहरूको बाँकी बक्यौता भुक्तानीका लागि समन्वय गर्नुपर्ने बताए।

“चिनी उद्योगीहरूका आफ्नो प्रकारको चुनौती होलान्, अप्ठ्यारा र सजिला होलान्,” उनले भने, “तर राज्यले हेर्ने उखु किसानहरूको जे समस्या हो, त्यो समस्या समाधान गर्ने तदारुकता सरकारको हुनुपर्छ, त्यसका लागि समन्वय गर्नुपर्छ।”

अघिल्ला वर्ष पनि उखु किसानहरू चिसोमा यसरी नै बाँकी बक्यौता पाऊँ भन्दै आएकोमा फेरि यस वर्ष चिसोमा “मेरो माग पूरा गर, मेरो पसिनाको मोल देउ” भन्दै काठमाडौँ आउने अवस्था आउनु लज्जास्पद भएको बताए।

आउँदो वर्ष किसानहरूले यसरी नै काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले गम्भीर पहल गर्नुपर्नेमा उनले जोड दिए। सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माइतीघरमा आन्दोलनमा बसेकाहरू वास्तविक किसान होइनन् भनेकोप्रति प्रवक्ता शर्माले गम्भीर आपत्ति जनाए।

“सरकारमा बस्नेहरूले कमिसनवालाहरूलाई चिन्ने, किसानहरूलाई नचिन्ने दिन आएछ,” उनले भने, “हिजो निर्वाचनको बेला किसान र मजदुर चिन्ने र सरकामा पुगेपछि बिर्सिने प्रवृत्ति देखियो।”

प्रवक्ता शर्माले कालो गाडीमा झण्डा फहराउँदै मन्त्रीको कुर्सीमा खुट्टा हल्लाउँदै वास्तविक किसानहरू होइनन् भन्ने मन्त्रीले माइतीघरमै बसेर कागजपत्र हेरिदिऊन् भनेका छन्।

उखु किसानहरूको आन्दोलनलाई जनता समाजवादी पार्टी (जसपा) ले पनि ऐक्यबद्धता जनाएको छ।

पार्टीका नेता गंगानारायण श्रेष्ठले उखु किसानहरूको माग सदाका लागि अन्त्य गर्नेतर्फ सरकारले पहलकदमी गर्नुपर्नेमा जोड दिएका छन्। उनले किसानको माग तत्काल पूरा गरेर घर फिर्तीको वातावरण बनाउन माग गरे।

यस्तै, उखु किसानहरूको आन्दोलनप्रति राष्ट्रिय किसान महासंघले पनि ऐक्यबद्धता जनाएको छ।

केही दिनदेखि सर्लाही, बारा, पर्सा, रौतहटलगायत क्षेत्रबाट आएका किसानहरूले दिनहुँ माइतीघरमा आन्दोलन गर्दै आएका छन्। उनीहरूले चिनी उद्योगीहरूबाट उखु बेचेबापतको बक्यौता नपाइञ्जेल घर नफर्किने अडान लिँदै आएका छन्।

"> उखु किसानहरूको आन्दोलनमा कांग्रेस र जसपाको ऐक्यबद्धता: Dekhapadhi
उखु किसानहरूको आन्दोलनमा कांग्रेस र जसपाको ऐक्यबद्धता

सिफारिस

उद्योग मन्त्रालयसँग किन बिच्किए उखु किसान?

जिल्ला प्रशासनलाई गृहको निर्देशन – किसानको पैसा नदिने उद्योगीलाई आवश्यक कारबाही गर्नू

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्