काठमाडौँ। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफू मन्त्री हुनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताएका छन्।
मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिनाको समीक्षापछि मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अबको आफ्नो काम विकास निर्माणमा मात्र केन्द्रित हुने जनाए।
समीक्षा बैठकपछि मन्त्रालयमातहतका सबै निकाय र आयोजना प्रमुखसँग दुई महिनाभित्र सम्पादन गर्ने कामको लिखित कार्ययोजनासहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो।
मन्त्रीको कार्यभार सम्हालेपछि आफूले अनुगमन गरेका सबै विकास निर्माणको कामहरू तोकिएकै समयमा सम्पन्न हुने दाबी उनले गरे। “माघ मसान्तसम्म गोदाबरीको हल निर्माण सम्पन्न हुनेछ, धोबीखोला करिडोरको बिजुलीबजारको पुलको अन्डरपास तयार भएर सञ्चालनमा आउनेछ,” मन्त्री श्रेष्ठले भने।
दुई महिनाभित्र वीर अस्पतालको ५ सय क्षमताको बेडसहितको कोभिड-१९ संक्रमितको उपचार व्यवस्थापन गर्न लागिएको उनले जानकारी दिए। मन्त्रीको कार्यभार सम्हालेको भोलिपल्ट मन्त्री श्रेष्ठले वीर अस्पतालको निरीक्षण गरेका थिए।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शहरी विकास सचिव डा. रमेशप्रसाद सिंहले मन्त्रालयले जारी गरेको १८-बुँदे कार्ययोजना र भावी कार्यक्रमलाई लागु गराएरै छाड्ने प्रतिबद्धता जनाए।
“मन्त्रालयले अब योजनाअनुसारका सबै काम तोकिएकै समयमा पूरा गर्ने प्रतिबद्धता जनाएको छ,” उनले भने। गोदावरीको ३ सय क्षमताको हल माघ मसान्तसम्म पूरा हुने उनले ठोकुवा गरे।
“तपाईँहरूलाई हामी यो विश्वास दिलाउन चाहन्छौँ कि मन्त्रालयले सार्वजनिक गरेको दुई-महिने योजनाको सबै काम पूरा गर्नेछौँ,” सचिव सिंहले भने।
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले दुई महिनाको अवधिमा मन्त्रालय र अन्तर्गतका निकायहरूबाट सम्पन्न भएका र आगामी दुई महिनाभित्र सम्पन्न गर्ने मु्ख्यमुख्य कार्यहरूबारे जानकारी दिएका थिए।
दुई महिना अवधिमा मन्त्रालयले बञ्चरे डाडामा फोहोर व्यवस्थापन गर्ने, उपत्यकालगायत देशभरका नगरपालिकाहरूको फोहोरमैलाको आधुनिक प्रविधि अवलम्बन गरेर व्यवस्थापन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेश गर्न विज्ञ प्राविधिकको संयोजकत्वमा उच्चस्तरीय टोली गठन गर्ने लक्ष्य राखेको छ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ३,२५५ फुसको छाना विस्थापित गरी जस्तापाताले छाना छाउने कार्य सम्पन्न भएको र आगामी २ महिनाभित्र ३७ हजार ५ सय लाभग्राहीहरू छनौट गर्ने कार्य सम्पन्न गरिने जनाइएको छ।
सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन, ललितपुर भैंसेपाटीमा निर्माणाधीन प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि आवास तथा सम्पर्क कार्यालयको निर्माण कार्यलाई लक्ष्यअनुरूप समयमा सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइने उल्लेख छ।
प्रधानमन्त्री निवास परिसरमा एमआई १७ हेलिकोप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड तयार भई सञ्चालनमा रहेको समेत कार्यक्रममा जानकारी दिइयो।
त्यस्तै दुई महिना भित्र बुढानीलकण्ठमा निर्माणाधीन कालिका पार्क, नौलिन भद्रकाली, जगन्नाथ र भूकम्प स्मृति पार्कको निर्माण कार्य सम्पन्न गरिने लक्ष्य राखिएको छ। दुई महिनाभित्र ललितपुरको गणशेमान पार्क, देवीस्थान पार्क, फ्रेण्डस कोलोनी पार्क, नागदह पार्क निर्माण सम्पन्न गर्नेसमेत जनाइयो।
देशको गौरवका रूपमा निर्माणाधीन सय मीटर उचाइको दमक भ्यू टावरको निर्माणलाई तीव्रता दिने, मोरङको उर्लाबारीको लोपोन्मुख सन्थाल जातिको एकीकृत बस्ती विकास कार्यक्रमको कार्ययोजना तयार गरी निर्माण प्रक्रिया अघि बढाइने, देशभित्रका स्वास्थ्य भवनअन्तर्गतका थप १० वटा रुग्ण आयोजनाहरूको व्यवस्थापन गरिने, शहरी सडक मापदण्ड लागु गराउने, शहरी सडकहरूमा समेत साइकल लेन व्यवस्थापन गर्नका लागि गठित प्राविधिक टोलीका सुझावहरूलाई कार्यान्वयनमा ल्याइने विषय कार्ययोजनामा उल्लेख छ।
" /> काठमाडौँ। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफू मन्त्री हुनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताएका छन्।मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिनाको समीक्षापछि मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अबको आफ्नो काम विकास निर्माणमा मात्र केन्द्रित हुने जनाए।

">