काठमाडौं। कोरोनाले असर पार्न कुनै पनि क्षेत्रलाई बाँकी राखेको छैन। मनोवैज्ञानिक सन्त्रासले कहिलेसम्म मानिसलाई लखेटिरहने हो, यसै भन्न सकिँदैन।

मृत्यु हुने र बिरामी हुनेको संख्या बढ्ने क्रम जारी छ। यो अदृश्य भाइरसले कयौं देशको अर्थतन्त्र ढलमल पारिदिएको छ।

पछिल्लो रिपोर्टले संसारभर गरिबको संख्या बढाएर एक अर्ब मानिसलाई गरिबीको रेखामुनि यही कोरोनाले पुर्‍याउने देखाएको छ। खाद्य संकट थप चुलाउन पनि संक्रमण कारक बन्दै गएको छ।

संसारभर महिला, नवजात शिशु, बच्चा र किशोरलाई उपलब्ध हुनुपर्ने सेवा–सुविधा जर्जर अवस्थामा पुगेको छ। महिलामाथि विभेद हुने मुलुकमा त्यस्ता कुव्यवहार बढ्न गएका छन्। आम्दानीमा महिलाको पहुँच खुम्चिन पुगेको छ। बलात्कारका घटना चुलिएका छन्। मनोवैज्ञानिक सन्त्रासले डिप्रेसन बढ्दो छ भने आत्महत्या प्रोत्साहित हुन गएको छ।

यो वैश्विक विषम् परिस्थितिमा सहयोगी हातहरू पनि उसैगरी अग्रसर बनिरहेका छन्। खराब आर्थिक अवस्थाका कारण पर्न गएको असरबाट मानिसलाई जोगाउन प्रयास हुन थालेका छन्। उच्च आय, निम्न तथा मध्यम आय भएका देशका फाउन्डेसनहरूले २०.६ अर्बभन्दा बढी डलर सहयोगको प्रतिबद्धता जनाएका छन्। यो राशिबाट कोरोना प्रभावित यस्ता समूहका मानिसलाई सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ।

सहायताको कुल राशिको ६.६ अर्ब डलर (३२ प्रतिशत) योगदान निम्न तथा मध्यम आय भएका देश स्वयंले गर्ने भएका छन्, तिनमा अफगानिस्तान, भारत, केन्या, लाइबेरिया तथा नाइजेरिया सामेल छन्। १४ अर्ब डलर (६८ प्रतिशत) जर्मनी, क्यानडा, स्विडेन, बेलायत, अमेरिका तथा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले सहयोग गर्ने भएका छन्, जुन आधिकारिक विकास सहायता तथा अनुदानका रूपमा हुनेछ।

यसमा हाम्रो छिमेकी भारत पनि सहभागी हुने भएको छ। उसले दुई अर्ब डलर दिने प्रतिबद्धता जनाएको छ। भारतले महामारीलाई दृष्टिगत गर्दै सबै तहमा सेवा–सुविधा मजबुत पार्ने र विशेष रूपमा महिला, बालबालिका र किशोरका साथै सबैभन्दा कमजोर वर्गमा अनिवार्य स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यस्तो सहयोग गर्ने भएको हो।

कतिपय मुलुकले महिला, नवजात शिशु, बच्चा तथा किशोरको स्वास्थ्य र सामाजिक सेवामा सुधारका निम्ति विगत दशकदेखि नै प्रयास गर्दै आएका छन्। तर, वर्तमान कोरोना संक्रमणले त्यस्तो सुधारका कार्यक्रमलाई नै संकटमा पारिदिएको छ। महामारीमा अन्य समूहको तुलनामा कमजोर वर्ग अधिक प्रभावित छ। करिब एक वर्षको अवधिमा स्वास्थ्य, पोषण र सामाजिक सेवा एकदमै कमजोर हुन पुगेको छ।

उल्लिखित वर्गका साथै गरिबको खराब अवस्थाबारे ‘दि पार्टनरसिप फर म्याटर्नल, न्युबर्न एन्ड चाइल्ड हेल्थ’ (पीएमएनसीएच)ले पुष्टि गरेको हो। यो संस्था विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को आयोजनामा एकजुट भएको हजारभन्दा बढी संगठनको विश्व गठबन्धन हो।

पीएमएनसीएचले सात सूत्रीय कारबाहीको अपिल गरेको छ। यसको उद्देश्य कोरोनाका कारण महिला, बच्चा तथा किशोरलाई स्वास्थ्य तथा कल्याणमा उत्पन्न त्रासद अवस्थाबाट मुक्त गर्नु हो। यसले विभिन्न क्षेत्रका नेतासँग अपिल गर्दै विशेषगरी सबैभन्दा कमजोर मानिसका लागि राजनीतिक प्रतिबद्धता, नीति तथा आर्थिक सहायतालाई बलियो पार्न भनेको छ।

यो आह्वानका लागि डिसेम्बर ११ का दिन वैश्विक अनलाइन शिखर सम्मेलन ‘लाइभ्स इन दि ब्यालेन्स’ आयोजना गरिएको थियो। पीएमएनसीएचले यसको सहआयोजना वैश्विक स्वास्थ्य सेवा (यूएचसी) २०३० तथा कोर गु्रपसँग मिलेर गरेको थियो।

डब्ल्यूएचओले १०५ देशलाई लिएर गरेको अध्ययनको आँकडाअनुसार कोरोनाका कारण ९० प्रतिशत देशको स्वास्थ्य सेवा प्रभावित भएको छ। यसमा पनि अधिक समस्या निम्न तथा मध्यम आय भएका देशमा परेको छ।

उता, यही अवधिमा मातृ मृत्युदर भने उल्लेखनीय रुपमा कम हुन गएको छ। २०१७ देखि २०२० सम्मको अवधिमा विश्वमा मातृ मृत्यु दर ३८ प्रतिशत घटेको छ। २०१७ मा प्रत्येक महिना करिब २५ हजार महिलाको गर्भावस्था तथा प्रसवका बेला मृत्यु हुने गर्थ्याे। यसैगरी, पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युमा पनि १९९०को भन्दा ६० प्रतिशत कमी आएको छ।

तर, कोरोना संक्रमणका कारण उत्पन्न स्वास्थ्य समस्याले बाल तथा मातृ मृत्यु दर वृद्धि हुने अनुमान गरिएको छ। आरम्भिक अनुमानअनुसार अनिवार्य स्वास्थ्य र पोषणमा आउने कमजोरीका कारण आगामी १२ महिना (२०२०–२०२१) मा महामारीपूर्वको तुलनामा २० लाख अतिरिक्त बाल मृत्युको खतरा रहेको छ।

चौपट विश्व अर्थव्यवस्था

महामारीको त्रास र पीडा त एकातिर छँदैछ साथै यही कारण विश्व अर्थ व्यवस्थामा कम्तीमा पनि पाँच प्रतिशत गिरावट आउने अनुमान गरिएको छ। अर्थतन्त्रमा असरले १९९८ पछि पहिलो पटक संसारमा ठूलो मात्रामा गरिबी बढ्ने देखिएको छ।

एक अनुमानअनुसार चार करोड ७० लाख महिला नितान्त गरिबीको गर्तमा जाकिने सम्भावना छ। यसरी अत्यधिक गरिबीमा रहने महिलाको संख्याका कारण सामाजिक परिदृश्य गम्भीर बन्ने खतरा रहेको अध्येताहरु बताउन थालेका छन्। यो अवस्थामा सुधार आउन धेरै मेहनत गर्नुपर्ने छ। २०३० सम्म त महामारीपूर्वको अवस्थामा आउन मुस्किल छ।

नोभेम्बरमा प्रकाशित एक आँकडाले ८७ देशका २८ लाख बालबालिका तथा किशोर कोरोनाबाट प्रत्यक्ष प्रभावित भएका छन्। युनेस्कोका अनुसार अप्रिलमा १९५ देशमा शैक्षिक संस्था बन्द हुँदा डेढ अर्ब विद्यार्थी प्रभावित भए। यसबाट विद्यालयमा पाइने खाना त गुम्यो नै त्यसले उनीहरुको पोषणमा ठूलो प्रभाव पार्‍यो।

कोरोनाका कारण महिला, शिशु, किशोर तथा गरिबमाथि पर्न गएको प्रभावबारे कतिपय मुलुकले गम्भीर अध्ययन थालिसकेका छन्। र, त्यसबाट आफ्ना नागरिकलाई कसरी पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ भनेर विभिन्न अभियान थालिसकेका छन्। तर, नेपाललगायत कतिपय मुलुक भने यसमा उदासीन देखिएका छन्।

निश्चितरूपमा कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध हुने छ। त्यसले भविष्यमा यो रोगबाट बच्न सहयोग पनि गर्ने छ। तर, यो महामारीका कारण पर्न गएका अन्य थुप्रैखाले असरबारे सरकार मौन रहनु आपत्तिजनक छ। तत्कालै त्यसका अन्य प्रभाव देखा नपरे पनि केही समयपछि राज्यले थेग्नै नसक्ने असर देखापर्ने छन्। यसमा आजैदेखि गम्भीर बन्ने र पीएमएनसीएचजस्त फाउन्डेसनमा सहभागी हुने प्रयास गर्नु उपयुक्त हुने छ।

(एजेन्सीहरूको सहयोगमा)

" /> काठमाडौं। कोरोनाले असर पार्न कुनै पनि क्षेत्रलाई बाँकी राखेको छैन। मनोवैज्ञानिक सन्त्रासले कहिलेसम्म मानिसलाई लखेटिरहने हो, यसै भन्न सकिँदैन।

"> कोरोनाले बनाएको विश्वको धमिलो अनुहार, तंग्रन खै तयारी!: Dekhapadhi
कोरोनाले बनाएको विश्वको धमिलो अनुहार, तंग्रन खै तयारी!

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्