काठमाडौं। नोकिया ५ सिरिजको पछिल्लो उत्पादन नोकिया ५.४ लञ्च भएको छ। यो नोकिया स्मार्टफोनमा क्वाड (चारवटा क्यामेरा) रियर क्यामेरा दिइएको छ। यो स्मार्टफोनले एक पटक चार्ज गरेपछि दुई दिनसम्म ब्याट्री ब्याकअप दिने बताइएको छ।
नोकिया ५.४ का ४ जिबी+६४ जिबी भेरियन्टको मूल्य १८९ युरो राखिएको छ। त्यस्तै ४ जिबी+१२८ जिबी र ६ जिबी+६४ जिबी भेरियन्टमा पनि लञ्च गरिएको छ। तर, यी भेरियन्टको मूल्य घोषणा गरिएको छैन। यो फोन डस्क र पोलान नाइट कलरमा उपलब्ध हुनेछ।
नोकिया ५.४ स्पेसिफिकेसन्स
डुअल-सिम (नानो) सपोर्टवाला यो स्मार्टफोन एन्ड्रोइड १० मा चल्ने छ। यसमा ६.३९ इञ्च एचडी+ डिस्प्ले दिइएको छ। यो फोनमा ६ जिबी र्यामको साथमा अक्टा-कोर क्वालकम स्नापड्रागन ६६२ प्रोसेसर समावेब गरिएको छ।
क्वाड क्यामेरा सेटअप भएको यो फोनको प्राइमरी सेंन्सर ४८ मेगापिक्सेल छ। साथै सेल्फी र भिडिओ कलका लागि १६ मेगापिक्सेल क्यामेरा दिइएको छ। नोकिया ५.४ मा इन्टरनल मेमोरी १२८ राखिएको छ। कनेक्टिभिटीको हकमा ४ जिबी एलटिई, वाइ-फाइ, ब्लुटुथ, जिपिएस/ ए-जिपिएस, युएसबी टाइप-सी र ३.५ एमएम हेडफोन ज्याक सपोर्ट दिइएको छ।
यसमा फिङ्गरप्रिन्ट सेन्सर पछाडि राखिएको छ। यसमा ४,००० एमएएच क्षमताको ब्याट्री पनि राखिएको छ।
" /> काठमाडौं। नोकिया ५ सिरिजको पछिल्लो उत्पादन नोकिया ५.४ लञ्च भएको छ। यो नोकिया स्मार्टफोनमा क्वाड (चारवटा क्यामेरा) रियर क्यामेरा दिइएको छ। यो स्मार्टफोनले एक पटक चार्ज गरेपछि दुई दिनसम्म ब्याट्री ब्याकअप दिने बताइएको छ।नोकिया ५.४ का ४ जिबी+६४ जिबी भेरियन्टको मूल्य १८९ युरो राखिएको छ। त्यस्तै ४ जिबी+१२८ जिबी र ६ जिबी+६४ जिबी भेरियन्टमा पनि लञ्च गरिएको छ। तर, यी भेरियन्टको मूल्य घोषणा गरिएको छैन। यो फोन डस्क र पोलान नाइट कलरमा उपलब्ध हुनेछ।

">