काठमाडौँ। सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोस्रो दिन गिरावट आएको छ। मंगलबार ५ अंकले घटेको सेयर बजार आज बुधबार ६ अंकले घटेसँगै बजार ओरालोतर्फ लागेको देखिन्छ।
साताको पहिलो र दोस्रो दिन लगातार बढेर परिसूचक २१ सयतर्फ लम्के पनि त्यसयता लगातार सेयर बजार ओरालो लाग्न थालेको हो।
यस क्रममा आज एक करोड कित्ता सेयर किनबेच भई पाँच अर्ब १४ करोड रूपैयाँ बराबरको कारोबार भएको छ भने परिसूचक दुई हजार ५५ अंकमा रोकिएको छ।
आज बुधबार सात समूहको सूचक सुधारिए पनि परिसूचक भने घटेको हो। बैंक, व्यापार, होटल, विकास बैंक, उत्पादनमूलक, लघुवित्त र म्युचुअल फण्ड समूहमा सुधार आएको छ।
यीबाहेक जलविद्युत, वित्त, निर्जीवन र जीवन बीमा तथा अन्य समूहमा भने गिरावट आएको छ।
" /> काठमाडौँ। सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोस्रो दिन गिरावट आएको छ। मंगलबार ५ अंकले घटेको सेयर बजार आज बुधबार ६ अंकले घटेसँगै बजार ओरालोतर्फ लागेको देखिन्छ।साताको पहिलो र दोस्रो दिन लगातार बढेर परिसूचक २१ सयतर्फ लम्के पनि त्यसयता लगातार सेयर बजार ओरालो लाग्न थालेको हो।

">