काठमाडौं। राजेन्द्र मण्डल उमेरले ७० नजिक पुगे। उनको अनुहार चाउरियो। केस फुल्यो। र, फुलेपछि झर्दै-झर्दै टाउको चिल्लै हुन लागेको छ।
यतिबेला रहर चाहिँ उनको खाटमा बसेर आराम गर्ने छ। किनभने जाँगर हराउँदै गयो। पाका भए। तर, सकि नसकी काठमाडौं आएका छन्। बस्दै छन्, दिनभर माइतीघरको सडकमा। यसरी बसेको चार दिन भयो।
आफू बसेको ठीक अगाडि कालो फ्लेक्स प्रिन्ट राखेका छन्। जहाँ लेखिएको छ, “सानो छ खेत, सानो छ बारी, सानै छ जहान। सानो देश, ठूलो छ सरकार, अटेन किसान।”
पहिलो कवितांश भोजपुरका कवि दैवज्ञराज न्यौपानेको ‘किसानको रहर’ कविताको हो। दोस्रो चाहिँ उनीसहितका उखु किसानहरूले थपेका हुन्।
यही नारामा उनीहरूको पीडा व्यक्त छ। अनि, भन्दै छन्, सरकार! हामीलाई उखुको बक्यौता दिलाइदेऊ।
राजेन्द्रले चिनी उद्योगीहरूबाट तीन लाख रूपैयाँ उखुको बक्यौता भुक्तानी पाउनुपर्ने सुनाए। जुन गत पाँच वर्षदेखिको हो।
गत वर्ष माइतीघरमै आएर आन्दोलन गरेर फर्केपछि केही रकम पाए पनि बाँकी रकम भुक्तानी पाएका छैनन्। बरू उल्टै, चिनी उद्योगीहरूले “जहाँ जान्छौं जाऊ, पैसा दिँदैनौं” भनेपछि सरकारसँग गुहार माग्न काठमाडौं आएको उनले बताए।
“साहू महाजनबाट ऋण लिएर उखुखेती गरेको, ब्याज नै ६ लाख २७ हजार ६१२ रूपैयाँ भयो, साँवा गरी आठ लाख एक हजार ९७६ रूपैयाँ पुग्यो? अब कहाँबाट दिऊँ? अब मर्नै आँटे, मर्छु अब, मर्नुभन्दा अर्को उपाय मसँग विकल्प छैन।”
त्यसैले उनको यसपटक चट्टानी अडान छ, “जब पैसा हातमै मिल्छ, तब मात्रै जाने हो, होइन भने यहीँ बस्ने हो, मरे यहीं मरौंला।”
राजेन्द्रले यसो भन्दै गर्दा नजिकै बसेका अर्का उखु किसान रामेश्वरप्रसाद यादव भक्कानिए।
माहोल छिनमै दुखान्त बन्यो। र, पत्रकारदेखि युट्युबरहरू क्यामेरा लिएर झुम्मिए।
टिलपिल आँशु पार्दै उनले भने, “साहू महाजनबाट ऋण लिएर उखुखेती गरेको, ब्याज नै ६ लाख २७ हजार ६१२ रूपैयाँ भयो, साँवा गरी आठ लाख एक हजार ९७६ रूपैयाँ पुग्यो? अब कहाँबाट दिऊँ? अब मर्नै आँटे, मर्छु अब, मर्नुभन्दा अर्को उपाय मसँग विकल्प छैन।”
उनी सर्लाहीको रामनगर गाउँपालिका-१ का हुन्। दुई विगाहा जग्गामा उनको उखुखेती छ। उनले अन्नपूर्ण र धनकवल चिनी उद्योगबाट पाउनुपर्ने रकम एक लाख ७४ हजार रूपैयाँ हो।
जुन रकम तीन वर्ष १० महिना १४ दिनदेखिको हो। वार्षिक ३२४ किलो उखु उनी उत्पादन गर्छन्। तर, चिनी उद्योगीहरूले उखुको बक्यौता रकम दिन आनाकानी गरिरहेका छन्।
उनले थपे, “मालिकले दिन्छुदिन्छु, भन्छन्, दिँदैनन् र सरकारले पनि दिलाइदिन्छु भन्छ, दिलाइदिँदैन” उनले देखापढीसँग भने, “अब, घर कि पैसा लिएर जान्छु, कि मरेर जान्छु।”
रामेश्वरप्रसाद यादवको पछाडि गौरिशंकर पण्डित देखिए। उनी सर्लाहीकै सिसौटियाका हुन्।
उनको छातीमा “किसान मार्न पाइँदैन” लेखिएको कार्ड थियो। उनले धनकवल चिनी उद्योगबाट एक लाख ७० हजार रूपैयाँ रकम पाउन बाँकी रहेको बताए।
“दुई छोरा, तीन छोरी र बुबाआमासहित गरी हाम्रो नौ जनाको परिवार छ, हाम्रो उखुखेतीबाहेक अरू खेती छैन,” उनले भने, “छोराछोरीलाई पढाउनेदेखि घरव्यवहार धान्ने नै उखुखेती हो, तर मालिकले दिँदैनन्।”
उनले यसपटक हाताहाती नगद हुनुपर्ने बताए। गत वर्ष आफूहरूसँगै चिनी उद्योगी र सरकारबीच पाँचबुँदे सहमति भएपछि घर फर्किंदा चिनी उद्योगीहरूले बक्यौता रहेको केही रकम मात्रै दिएको र पूरै नदिएको उनको भनाइ छ।
केही किसानको दुःखेसो यसरी सुन्दै गर्दा त्यहीँ बज्यो शंख। त्यो पनि दुःखद् संस्कारमा जसरी।
जसको स्पष्ट संकेत हो- सरकार मृत छ, जसले किसानको दुःख पीडा सुन्ने सामर्थ्य राख्दैन।
तर, मंगलबार नै सरकारले चिनी उद्योगीहरूलाई उखु किसानहरूको बक्यौता रहेको रकम नदिए कारबाही गर्ने चेतावनी दिएको छ।
गृहमन्त्री राबहादुर थापा ‘बादल’को अध्यक्षतामा गृह मन्त्रालयमा कृषिमन्त्री घनश्याम भुसाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्रदयस त्रिपाठी र उद्योगमन्त्री लेखराज भट्ट सम्मिलित बैठकले एक/दुई दिनभित्रै किसानको बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिएको छ।
आन्दोलनरत किसानहरू भने नगद हाताहाती भएपछि मात्रै जाने अडानमा छन्।