काठमाडौँ। कोभिड-१९ सम्बन्धी भ्रामक सूचनाविरुद्ध लडिरहेको फेसबुक अझै एक कदमअगाडि बढ्ने भएको छ। अमेरिकी बिजनेस म्यागजिन फास्ट कम्पनीले जारी गरेको एक रिपोर्टमा फेसबुकले छिट्टै कोरोना भाइरससम्बन्धी भ्रामक सूचनामा लाइक, कमेन्ट र सेयर गर्ने प्रयोगकर्तालाई नोटिफिकेसन पठाउन थाल्ने बताइएको छ।
त्यसरी नोटिफिकेसन पठाइने प्रयोगकर्तालाई फेसबुकले विश्वसनीय सूचनामा पुग्नका लागि पनि मार्गनिर्देशन गर्ने बताइएको छ।
“तपाईँले लाइक गरेको पोष्ट हामीले हटाएका छौँ, किनभने त्यो पोष्टमा कोरोना भाइरससम्बन्धी सम्भावित घातक सूचना थिए, भनेर फेसबुकले प्रयोगकर्तालाई सूचित गर्ने फास्ट कम्पनीले बताएको छ।
फेसबुकले पठाएको नोटिफिकेसनमा क्लिक गरेपछि प्रयोगकर्ता त्यो पोष्टमा पुग्नेछन् र किन त्यो पोष्ट हटाइयो भन्ने सामान्य जानकारी पनि उनीहरूले त्यहीँ पाउनेछन्। कुनै ग्रुपमा त्यस्तो पोष्ट भए त्यो ग्रुपबाट निस्किनका लागि पनि फेसबुकले सम्झाउनेछ।
फेसबुकले गत अप्रिलदेखि नै कोरोना भाइरससम्बन्धी भ्रामक सूचनाबारे प्रयोगकर्तालाई सचेत गराउँदै आएको छ। तर कम्पनीले यो खासै प्रभावकारी नभएको स्वीकारेको थियो।
अन्ततः डिसेम्बरमा फेसबुकले गलत र भ्रामक सूचना भएका सम्पूर्ण सामग्रीहरू आफ्नो प्लेटफर्मबाट हटाउने घोषणा गरिसकेको छ।
" /> काठमाडौँ। कोभिड-१९ सम्बन्धी भ्रामक सूचनाविरुद्ध लडिरहेको फेसबुक अझै एक कदमअगाडि बढ्ने भएको छ। अमेरिकी बिजनेस म्यागजिन फास्ट कम्पनीले जारी गरेको एक रिपोर्टमा फेसबुकले छिट्टै कोरोना भाइरससम्बन्धी भ्रामक सूचनामा लाइक, कमेन्ट र सेयर गर्ने प्रयोगकर्तालाई नोटिफिकेसन पठाउन थाल्ने बताइएको छ।त्यसरी नोटिफिकेसन पठाइने प्रयोगकर्तालाई फेसबुकले विश्वसनीय सूचनामा पुग्नका लागि पनि मार्गनिर्देशन गर्ने बताइएको छ।

">