काठमाडौं। आफ्नै कस्टम सीपीयू एम१ सहित बजारमा पहिलोपटक आएका एप्पलका ल्यापटप र डेस्कटप शक्तिशाली र प्रभावशाली सावित भइसकेका छन्।
अझ, ती कम्प्युटरहरूको प्रदर्शन नयाँ हार्डवेयर (एम१) र अपडेटेड फायरफक्स '८४' को साथमा झनै उत्कृष्ट हुनेछ।
नयाँ अपडेटसँगै मोजिला फायरफक्स पनि क्रोमकै बराबरीमा प्रभावशाली हुने भएको छ। र, पछिल्लो अपडेटलाई एप्पल सिलिकनले थप मद्दतसमेत पुग्ने छ।
मोजिला सपोर्टकाअनुसार यसका लागि फायरफक्सलाई रि-स्टार्ट गरेर भर्जन ८४मा अपडेट गर्नुपर्नेछ। यदि तपाईंले रोसेट्टा प्याकेज इन्सटल गर्नुभएको छैन भने त्यो पनि गर्नुहोस्। किनभने, डीआरएम सर्भिसहरू- नेटफ्लिक्स, हुलु, डिज्ने+ र अमेजन प्राइम भिडिओ जस्ता स्ट्रिमिङ साइटमा भिडिओ प्ले गर्न त्यसको आवश्यकता हुन्छ।
फायरफक्सको यसअघि २.० को स्पिड थियो। तर, पछिल्लो अपडेटसँग त्यो स्पिड २.५ गुणाले बढेको पनि मोजिलाले बताएको छ।